काठमाडौं,फागुन ७ । नेपालमा एकैदिन साढे सातलाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्।
शनिबार स्वास्थ्य मन्त्रालयले ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्ध खोप लगाएको जनाएको छ।
नेपालमा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०९६ जनामा परीक्षण गर्दा ३५० जनामा कोरोना देखिएको हो।
यस्तै, २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ। केहिदिन यता संक्रमणदर घट्दो क्रममा रहेको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार