२०८१ चैत्र ३ गते आइतवार

सेवा सुविधा कटौटी गरेर कोरोनामा लगाउन मेयर पाण्डेको प्रस्ताव


तुलसीपुर, भदौ २४ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनप्रतिनिधिको ५० प्रतिशत सेवा सुविधा कोरोना भाइरसमा लगाउन अनुरोध गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले १ महिनाको शतप्रतिशत सेवा सुविधा कोभिडमा लगाएको वताउँदै उनले थप सहयोग गर्न तयार रहेको वताए ।

‘कोरोनाले आर्थिक र स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव कम गर्नका लागि जनप्रतिनिधिको ५० प्रतिशत, स्वास्थ्य र सुरक्षाकर्मी बाहेकका कर्मचारीको तलव २५ प्रतिशत कटौती गरौ,’ पाण्डेले भने ।

तलब कटौती गरेको रकम अस्पताल निर्माण, मल कारखाना स्थापना र कृषि तथा खाद्यान्न उत्पादन, रोजगारी सिर्जनामा लगाउन उनले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *