
तुलसीपुर, असार १ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वको अबशरमा शुभकामना दिएका छन् ।
भूम्या पर्व २०८३ को अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्ने उल्लेख गरेका छन् ।
पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उनले बताएका छन् ।
यो पर्व विशेषगरी रोल्पा, दाङ, प्यूठान तथा रुकुम पूर्वलगायत क्षेत्रमा बसोबास गर्ने मगर , गुरुङ लगाएतका समुदायले मनाउँदै आएका छन् ।
भूम्या पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास मुख्यमन्त्री आचार्यको छ ।
यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै उनले विश्वास गरेका छन् ।
लुम्बिनी सरकारले पर्वका अवशरमा आज चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
