२०८३ जेष्ठ २९ गते शुक्रवार

राश्वपा लुम्बिनी प्रदेश अधिबेशन शनिबार घोराहीमा हुँदै


यी हुन ७ जना आकाँक्षी


तुलसीपुर, जेठ २६ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) को लुम्बिनी प्रदेश अधिबेशन शनिबार हुने भएको छ ।
घोराहीस्थित उद्योग बाणिज्य संघको सभाहलमा बिहान ९ बजेपछि अधिबेशन सुरु हुने नेताहरुले जानकारी दिएका छन् ।
अध्यक्ष पदका लागि राश्वपाका लुम्बिनी प्रदेश अध्यक्ष तथा दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज पाठकसहित ७ जना आकाँक्षी देखिएका छन् ।
प्रदेश अधिबेशनका लागि घोराहीमा लुम्बिनीका १२ जिल्लाका करिब ७ सय बढी प्रतिनिधिहरु अधिबेशनमा सहभागि हुने छन् ।
प्रदेश अध्यक्ष पाठकका अनुसार महामन्त्री भुपदेव शाह दाङ आउने छन् ।
को – को हुन ७ जना आकाँक्षी –
१ – देबराज पाठक – प्रदेश अध्यक्ष तथा दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद – दाङ
२– शालिकराम घिमिरे – प्रदेश उपसभापति – बुटवल
३– डा. राजकुमार सुबेदी – प्रदेश प्रशिक्षण बिभाग प्रमुख – बाँके
४– गणेश पौडेल – २०७९ मा एमाले नेता बिष्णु पौडेलसंग चुनावमा भिडेका ब्यक्ति तथा केन्द्रीय मानवअधिकार बिभाग सदस्य – बुटवल
५– मञ्जु भुसाल – समानुपातिक सांसद – बुटवल
६– मधु अर्याल – रुपेन्देही – ३ का क्षेत्रीय सभापति – बुटवल तथा भौतिक पूर्वाधार मन्त्रालयका सल्लाहकार
७– गोपाल घिमिरे – केन्द्रीय संगठन बिभाग सदस्य – रुपन्देही ।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *