तुलसीपुर, जेठ २७ ।
नेकपा (एमाले) त्यागेका आठ जना वडाध्यक्षले पद गुमाएका छन् ।
२०७९ सालको स्थानीय चुनावमा एमाले बाट निर्वाचित भइ हाल आएर एमाले त्यागेका दाङको घोराही उपमहानगरपालिका – ४ का वडाध्यक्ष मधुसुदन शर्मा (मुनाल घिमिरे)सहित देशभरका आठ जना वडाध्यक्षको पद एकै साथ गुमाएका हुन ।
निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको सूचना अनुसार पाल्पाको माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी, मोरङ रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाल, ओखलढुंगा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया,ओखलढुंगा मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङ, ओखलढुंगाकै चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा, ललितपुर बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईं, लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले पद गुमाएका हुन ।
राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा पद रिक्त हुने प्रावधान छ ।
माथि उल्लेखित आठ जना वडाध्यक्षले यो बीचमा एमाले त्यागेर बिभिन्न दलहरु रोजेको हुँदा एमाले केन्द्रले सोही ब्यबस्था अनुरुप उनीहरुमाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो । एमालेको सोही माग बमोजिम निर्वाचन आयोगले आठ जना वडाध्यक्षले पद गुमाउनु परेको हो ।
