२०८२ जेष्ठ १३ गते आइतवार

अब तुलसीपुरमा योजना क्यालेन्डर अनुसार काम हुने


तुलसीपुर,भदौ २२ । तुलसीपुर उपमहानगरपालिकाले योजना क्यालेन्डर निर्माण गरेर काम गर्ने तयारी थालेको छ । नगरको योजना शाखाले फागुन मसान्तभित्र सम्पूर्ण योजनाहरुको सम्झांैता सक्ने गरि काम गर्न क्लालेन्डर बनाउन लागेको छ ।

जस्मा जेठ १५ सम्ममा अन्तिम भुक्तानी दिने उल्लेख छ । शाखा प्रमुख टेकवहादुर खड्काले असार १५ सम्म योजना सम्झौता हुने पद्धतिको अन्त्य गर्न क्यालेन्डर निर्माण गर्न लागिएको जानकारी दिए । ‘हामीसँग काम र योजना मात्रै थियो, समय तालिका थिएन । जसले गर्दा काम गर्न सहज भएन,’ प्रमुख खड्काले भने ।

उनले गत आर्थिक वर्षमा समय अभावले महत्वपूर्ण योजना छुटेको समेत बताए । शाखाले टेण्डरमा जाने योजनाहरुको सूचना पुस मसान्तसम्म प्रकाशिन गरिसक्ने गरी काम अगाडि वढाएको खड्काले बताए । कानुन तथा न्यायिक मामिला शाखाले असोज महिना भित्र कानुन लाइब्रेरी वनाउने योजना वनाएको जानकारी दिएको छ । शाखा अधिकृत आँचल बगालले कुन समयमा के गर्ने भन्ने योजना नहुँदा केही कार्यक्रम छुटेको बताइन ।

कुन काम कुन समयमा गर्दा प्रभावकारी हुन्छ भन्ने वैज्ञानिक आधारमा यस्तो क्यालेन्डर वनाइएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । योजनाको महत्व र आवश्यकताका आधारमा क्यालेन्डर वनाइएको उनले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *