२०८१ माघ १२ गते शनिवार

कानुन व्यबसायीले राजनीति र मनोगत निर्णय त्याग्नु पर्छ – बरिष्ठ अधिबक्ता शर्मा


तुफानबाबु श्रेष्ठ ,
तुलसीपुर, भदौ १३ । बरिष्ठ अधिवक्ता बामदेव शर्माले नेपाल बार एसोसिएशनका सबै तहका बार इकाईलाई नीतिगत रुपमा केन्द्रिकृत हुन आग्रह गरेका छन् । नेपाल बार एसोसिएशन उच्च अदालत बार इकाई तुलसीपुर दाङको चौथो वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै शर्माले नेपाल बारको एउटै छाता संगठनमा आवद्ध सम्पूर्ण कानुन व्यबसायीले गुटगत राजनीति र मनोगत निर्णयलाई त्याग्नु पर्ने सुझाव दिए ।बार र अदालतको संयुक्त बेन्च बैठकमा सम्पूर्ण कानुन व्यबसायीको एउटै मत हुनुपर्ने उनले तर्क गरे ।

शुक्रवार उच्च अदालत बार इकाई तुलसीपुर दाङका अध्यक्ष रबिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता प्रदिप धितालले कानुन व्यबसायी समाज र राष्ट्रको आशाको केन्द्र भएकाले आचार संहिताको पूर्ण पालना गर्न आवश्यक रहेको जोड दिए । उनले कानुन व्यबसायीले आफ्नो आचरणमा आमुल सुधार गर्नुपर्ने बताए । ‘न्याय प्राप्ति कानुन व्यबसायीहरुबाट मात्रै हुन्छ भन्ने आम नागरिकको भरोसा प्रति सम्पूर्ण कानुन व्यबसायीहरु गंभिर हुनुपर्छ,’ धिताले भने ।

धितालले अदालतको आदेशको फैसला पूर्ण रुपमा कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रमलाई सम्वोधन गर्दै बरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कालो कोटलाई समाजले सम्मान गर्ने भएकोले यसको छवि र मर्यादालाई उचो राख्न सम्पूर्ण कानुन व्यबसायी गंभिर हुनुपर्ने धारणा राखे । २०५३ सालमा ८ जना कानुन व्यबसायी मिलेर स्थापना भएको बार ईकाइ तुलसीपुरमा हाल ३० जना कानुन व्यबसायी आवद्ध रहेका छन् ।

उपाध्यक्ष गोकर्ण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष प्रकाश रेग्मीले आर्थिक प्रतिवेदन र सचिव सुनिल धितालले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *