२०८१ माघ २६ गते शनिवार

बाँके दुर्घटनामा दाङका पूर्णबहादुर पुनको बंश नै नाश भयो

तस्बिर : खेमराज तिवारी

तुलसीपुर , जेठ २० । बाँकेको अगैया नजिकै भएको सवारी दुर्घटनामा दाङका एकै घरका तीन जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा निवासी ३२ बर्षीय पूर्णबहादुर पुन, उनकी २७ बर्षीया पत्नि सीता पुन र उनीहरुका १० बर्षका एक्ला छोरा हिमान्सु पुनको मृत्यु भएको छ । शान्तिनगर ३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको बंश नै नाश हुने गरि भएको दुःखद घटनाले गाउँ शोकमा डुवेको बताए ।

रोजगारीको खोजीको लागि डेढवर्ष अगाडि सपरिवार उनीहरुका चण्डीगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतवार राति नेपालगन्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नं. २ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा चालक सहचालकसहित १२ जनाको मृत्यु भएको थियो ।

थप २१ जना घाइते भएका छन् । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भारतवाट आएकाहरुलाई नेपालगन्जको सीमा नाका जमुनाहबाट ल्याएर उक्त फोर्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुहोस 

बाँके दुर्घटना – दाङका ४ को मृत्यु

बाँके दुर्घटना – दाङका एकसहित ४ जनाको सनाखद

मृतक १२ मध्य दाङका एकजनाको सनाखद

यी हुन बाँके दुर्घटनाका २१ घाइते (नाम ठेगाना सहित)

बाँके घटनाका– मृतक र घाइते सबैको स्वाब संकलन

बाँके अपडेट– दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जनाको मृत्यु

बाँके दुर्घटना अपडेट– चालकसहित १२ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना – सल्यानका १२ जनाको मृत्यु , २१ घाइते

 

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
  1. Pun bdr tek says:

    Hami kunai serious kam garda
    Sabdhani rahnu par6
    Yehi kuro bujhda gadi driving ni driver ra saha chalak sanga .. nachaido bahas garni ..
    Problem ma parne ani dar tras ko mahol ma na rakhau … ra sabaiko dhyan gantabbe tira pugnalai dhan dekai bes hola .
    Chalak le ni .. gadiko ramro marmat garirakhnu check jach ani gadi malik ra samiti ko ni pressure na banau hola…
    Ye kura ma sabdhani badho durghatna ghato niem lagu garau..

Leave a Reply

Your email address will not be published. Required fields are marked *