२०८३ मङ्सिर ९ गते मङ्गलवार

सरकार स्थानीय निकायलाई कमजोर बनाउने षडेन्त्रमा लागेको छ – शंकर पोखरेल

तुलसीपुर, मंसिर ८ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश र स्थानीय सरकार एकै चोटी गराउने नाममा स्थानीय निकायलाई कमजोर बनाउने बाटोमा जान खोजेको होकि भन्ने आशंका देखिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले त्यस्तो बताएका हुन ।

‘हाम्रो पार्टी के कुरामा जोड दिन्छ भन्दा स्थानीय तहको निर्वाचन उपयुक्त वा तोकिएकै समयमा निर्वाचन गर्नुपर्दछ भन्ने मान्नेता राख्द छ अर्थात जेठ ५ गते बाट कार्यकाल सुरु भएको मान्ने हो भने कम्तिमा बैशाख भित्र स्थानीय तहको निर्वाचन भइ सक्नु पर्छ,’ उनले भने ‘ प्रदेशको निर्वाचन आगामी मंसिर पर्खनु पर्दछ एक बर्ष पछाडिको कुरा हो । छ महिना स्थानीय तहलाई जनप्रतिनिधि बिहिन बनाउने कुरा स्वीकार्य हुन सक्दैन ।’ उनले समयमै स्थानीय तहको निर्वाचन गर्ने कुरा उचित हुने हुँदा सरकार सोही ढंगले अग्रसर हुनुपर्ने उनको माग थियो ।
स्थानीय तहको निर्वाचन लोकतन्त्रको सुनिश्चित भविश्यका लागि पनि समयमै हुनु अतेन्त आवश्यक रहेको उनको जोड थियो । राष्ट्रियसभाको निर्वाचन पनि त्यसले प्रभावित गर्ने हुँदा समयमै निर्वाचन जरुरी रहेको उनको कथन थियो । अर्कौ तर्फ प्रदेशसभाको निर्वाचन पछि राष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुँदा निर्वाचन समयमै हुनुपर्ने आवश्यक रहेको बताए ।
त्यस्तै उनले अहिलेको सरकार प्रति आम भरोसा नभएको हुँदा स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचनले सही दिशा दिन सकेन भने नेपालको लोकतान्त्रिक भविश्य अझैै असुरक्षित बन्ने उनले चिन्ता जाहेर गरे ।
अहिलेको सरकारले संविधानका आधारभूत जगहरुलाई खलबल्याउन खोजेको देखिएको भन्दै उनले खासगरि स्थानीय तह र प्रदेशलाई कमजोर बनाउन सरकार लागेको हुँदा त्यो उपयुक्त नभएको बताए ।

अहिलेको संविधान जनअधिकारका दृष्टिकोणले अतेन्त संबृद्ध संविधान भएको हूँदा त्यसमा केही सुधार गर्नुपर्ने केही बिषयहरु रहेपनि ती सुधारका लागि अधिकार कटौती आवश्यक नरहेको उनको कथन थियो ।
‘ संविधानको फाउन्डेसन भत्काएर होइन बरु त्यसलाई सुधार गरेरै जानु पर्दछ भन्ने हाम्रो मान्ने हो ,’ उनले भने ‘ संविधान आवश्यकताका आधारमा संशोधन गर्न सकिन्छ तर संघीय गणतन्त्रका फाउन्डेसनहरुलाई खलबल्याएर होइन त्यसलाई अझ बलियो बनाउनका लागि , सुद्रिड गर्नका लागि नै संविधानमा सुधार गर्न सकिन्छ भन्ने हाम्रो मान्नेता हो ।’

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *