२०८३ मङ्सिर ७ गते आइतवार

ट्रयाक्टरबाट लडेर तरकारी ब्यापारीको मृत्यु

दाङ, मंसिर ६ ।


सल्यानका एक जना तरकारी ब्यापारीको रोल्पामा ट्रयाक्टरबाट लडेर मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका – २ गुराँसेका २८ बर्षीय एकराज (राजन) केसीको शनिबार बेलुकी रा १ त ४६६१ नम्बरको ट्रयाक्टरबाट लडेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रहरी निरीक्षक मनिस थापाका अनुसार केसी गुराँसेस्थित आफ्नै बारीको उत्पादन तरकारीका साथै आसपासका अन्य किसानबाट समेत खरिद गरि ल्याएको (बन्दागोपी) ट्रयाक्टरमा राखेर बिक्रीका लागि रोल्पाको निगालपानी तर्फ जाँदै थिए । आइतबार निगालपानीमा हाटबजार लाग्ने हुँदा उनी त्यहाँ तरबारी बेच्नका लागि जाँदै थिए ।
गुराँसेका केसी सल्यानको झयामहुँदै निगालपानी तर्फ जाने क्रममा चल्ती ट्रयाक्टर बाट लडेर टाउकोमा गम्भीर चोट खेटेपका थिए । यो क्षेत्र सल्यान र रोल्पाको सीमा क्षेत्र हो ।


इप्रका होलेरीका प्रमुख थापाका अनुसार शनिबार बेलुकी ७ बजेतिर ब्यापारी लडेको खवर पाएका उनी घटनास्थल पुग्दा राति ११ बजेको थियो । जतिखेर स्थानीय प्रहरी चौकीले घाइतेलाई उद्धार गरि उपचारका लागि दाङ तर्फ पठाइ सकेको थियो । प्रहरीका अनुसार घटनास्थल भन्दा करिब दुई सय मिटर आसपासमा सडकमा दुई वटा बन्दा गोबिको बोरी फेला परेका थिए ।
बन्दागोबीको बोरी गुडिरहेको ट्रयाक्टरको ट्रली बाट झरेको थाहाँ पाएपछि मृतक केसी सिटबाट उठेर पछाडि ट्रलीमा हेर्न खोज्दा सन्तुलन खलबलिएर लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो ।
अचेत अवस्थाका उनलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याउनासाथ चिकित्कसले मृत घोषणा गरेका थिए । शब पोष्टमार्टका लागि सोही अस्पतालमै राखिएको छ । प्रहरीका अनुसार ट्रयाक्टर चालक फरार छन् । उनको खोजी कार्य जारी छ ।
ट्रयाक्टर धनी भने प्रहरीको सम्पर्कमा छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *