२०८३ कार्तिक १९ गते बुधवार

फूलबारी यसरी बन्न सक्छ

खेमराज खड्का –


फूलबारी, कात्तिक १८ ।

पूर्व –मानामे गाँउ
पश्चिम –जनकल्यान टोल दमारगाँउ ठामरखोली
दक्षिण –चुरे पहाड संग जोडिएको बिभिन्न सामुदायिक वन
उत्तर – सरियू गंगा (बबइ नदी) र त्यो भन्दा पारिपट्टी रहेको एउटा सानो गाँउ ।
यही चार किल्ला भित्र अवस्थित दाङको साबिक फूलबारी गाविस र हालको तुलसीपुर उपमहानगरपालिका – १३ एक सुन्दर छुट्टै मिनी भ्याली हो । जुन ठाँउ भौगोलिक दृष्टिकोणले तुलसीपुरको एक बिकट तथा दुर्गम वडाको रुपमा परिचित छ । दाङ जिल्लामै ‘उपत्यका भित्रको छुट्टै उपत्यका’ रुपमा चिनिने फूलबारी साँच्चिकै राष्ट्र निर्माता पृथ्बीनारायण शाहले भने जस्तै बिभिन्न जातजातीको साझा फूलबारी बन्न आवश्यक छ । अझैंसम्म यो पबित्र र भर्जिन छ । सुन्दर र चिटिक्क छ । तर त्यही सुन्दर र ठूलो संभावना बोकेको उपत्यका हालसम्म बिकासका दृष्टिकोणले पछाडि पारिदै आएको छ ।
यहाँ बसोबास गर्ने मानिसहरु मिलनसार र सहयोगी छन । आपसी भाइचारा, मित्रवत, ब्यबहार गर्छन । उनीहरु सोझा र इमान्दार छन् । मनका धनी छन् । आपसमा मिलेर बसेका उनीहरुका लागि सामाजिक मूल्य मान्नेता र परम्परा उनीहरुको जीवनको मियो हो ।
यहाँका मानिसहरुको राजनीतिक चेतनाको उच्च छ । अझैं यहाँ समय सुहाउँदो आधुनिक तथा जीवन उपयोगी प्राबिधिक शिक्षाको उज्यालो भने झलमलाउन बाँकी छ । यहाँका केही मानिस बिभिन्न सरकारी सेवामापनि आबद्ध छन् ।
प्राकृतिक स्रोत साधनका दृष्टिकोणले सुन्दर फूलबारी उपत्याका बर्षौंदेखि समय अनुकुल बिकासको प्रतिक्षामा छ । ठूलो संभावना बोकेको यो ठाउँको बिकासका मोडेल तयार पार्दा यहाँका स्थानीयको भित्री आत्माको बास्तबिकत कुरा सुनेर मनन गरि गर्नु पर्छ भन्ने मलाई लाग्छ । फूलबारीको संभावनाको सही पहिचान गर्न नसक्नु, ती कुराहरुको प्रचार प्रशार तथा बिकासका लागि जनप्रतिनिधि तथा नेताहरुको प्राथमिकतामा नपर्नु जस्ता कारणहरुले फूलबारी नाम जस्तै चिटिक्कको र साझा फूलबारी बन्न नसकेको हो । तर, म यहाँ ब्यक्तिगत रुपमा कोही कसैलाई दोषी देखाउन यो आलेख लेख्दै छैन । अहिले सम्म फूलबारीको बिकासका लागि ज – जस्ले सत मन, वचन र कर्म गर्नु भयो उहाँहरु सबै धन्यबादका पात्र हुनुहुन्छ । तर, अब फरक तरिकाले नसोच्ने हो भने फूलबारी सबैको लागि भविश्यमा एक प्रमुख गनतब्यस्थल वा साझा फूलबारी बन्न सक्छ जस्तो लाग्दैन । फूलबारीका बिकासका लागि थुप्रै कुराहरु गर्न जरुरी छ । ती मध्य मेरो मनमा लागेका केही बुँदाहरु यहाँ प्रस्तुत गरेको छ ।

के–के छन् संभावना

१– फूलबारीमा पातलाई पैंशा बनाउन सकिन्छ


यहाँको स्थानीय वन जंगलमा सिजनमा पलायर त्यसै झरेर खेर जाने विशेष गरि सालको पात , मालुको पातलाई पैंशामा बदल्न सकिन्छ ।
सालका पातका दुना, टपरीको माग जति पनि छ । आधुनिक मेसिन खरिद गरि वन जंगलमा सित्तैमा पाइने सालका पातहरु संकलन गरि मेसिनबाट सयौं हजारौं दुना टपरी तयार पारी लाखौं लाख आर्जन गर्न सकिन्छ ।
सालका दुना टपरीको माग मोःमो पसलदेखि चटपटे वा चाट पानी पुरी बेच्ने पसलहरुलाई बेच्न सकिन्छ । बिबाह, बर्तबन्ध , पूजाआजा जस्ता धार्मिक कार्यमा सालको पातबाट निर्मित दुना टपरीको ठूलो माग छ ।
यो ब्यबसाय फूलबारीका स्थानीयका लागि आयआर्जनको एक उपयुक्त बिकल्प हुन सक्छ । त्यो काम गर्न सके स्थानीय युवा युवति रोजगारीको खोजीमा बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनसक्छ ।
यो किनपनि आवश्यक छ भने पछिल्लो समय प्लाष्टिक जन्य फोहर वातावरण तथा जलासयका लागि प्रमुख चुनौतिको बिषय बन्दै गएको छ । स्थानीय वन जंगलमा खेर जाने सालको पात बाट ब्यबसायिक रुपमा दुना टपरी निर्माण गर्न सके त्यसले एकतिर रोजगारी सृजना हुने छ भने अर्कौ तर्फ त्यस्ले प्लाष्टिकको प्रयोगमा न्यूनिकरण गर्ने छ । सालको पात सहजै कुहिएर जाने बस्तु भएको हुँदा त्यसको वातावरणमा कुनैपनि असर नहुने हुँदा फाइदै फाइदा छ ।
षड्ने गल्ते पातपंक्तिगरको प्रयोग गरि खेतवारीमा आवश्यक कम्पोष्ट मल तयार पार्नपनि सकिन्छ ।

२– सिंचाइको उचित प्रबन्ध


उत्तर तर्फ नजिकै बबई नदी भएपनि यहाँ हालसम्म उचित सिंचाइको प्रबन्ध छैन । पूmलबारी आँकाशे खेतीमा निर्भर छ । यहाँको सबैभन्दा ठूलो दुभाग्र्य यही हो । फूलबारी भित्रै बग्ने खहरे तुही सोतामा हाइड्याम निर्माण वा पानी भण्डारण गर्ने प्रणालीको बिकास गरि सिंचाइको प्रबन्ध गर्न सकिन्छ । बबइको पानी लिफ्टिङ गरि ल्याउन सकिन्छ । चाहे दक्षिणमा बग्ने अथाहा पानीको स्रोत राप्तीबाट पनि पानी लिफ्टिङ गरि ल्याउन सक्ने संभावना के छ ? त्यो बारे अध्यन हुन जरुरी छ ।
साथै जमिन मुनीको पानी डिप बोरिङ गरेर भएपनि सिंचाइको प्रबन्ध गर्न सक्नु पर्छ । यहाँका किसानका लागि सदासर्वदा सिंचाइको सुविधा उपलब्ध भएमा फूलबारीमा उत्पादन हुने तरकारीले तुलसीपुर बजारको माग एक्लै थेग्न सक्छ । त्यो हुन सकेको खण्डमा स्थानीयको आयस्रोत बढ्ने छ । त्यो भनेको फूलबारीको बिकासमा प्रत्यक्ष प्रभाव हुने छ ।

३ – माटो परीक्षण


बर्षौंदेखि अधिक रासायनिक मलको प्रयोगले माटोमा अम्लियपना बढ्न गइ माटोको प्राकृतिक गुण नष्ट पारिदिन्छ । त्यस्तो माटोको उपचार जरुरी हुन्छ । त्यसैले अब आउने स्थानीय जनप्रतिनिधि यत्तिको कुरा बुझेको, जानेको वा मनन् गरेको हुनुपर्छ । कारण किसान भनेका हामी सबैका भगवान हुन । उनीहरुकै मेहनतले उत्पादन हुने अन्नले हाम्रो पेट भरिने गर्छ । हाम्रो जीवन बचाइ राख्ने किसानले रातदिन मेहनत गरेका हुन्छन् । त्यस्ता भगवान रुपी किसानलाई राज्यले बिषेश प्रोत्साहन गर्न सक्नु पर्छ ।
माटो परीक्षण गरि रिपोर्टको आधारमा त्यसको उपचार गर्न राज्यले सघाउनु पर्छ । साथै त्यहाँको माटो, हावा र पानीमा कस्तो बाली नाली लगाउनु राम्रो हुन्छ ? किसानले सोही प्राबिधिकको सल्ला अनुसारको तरकारी खेी वा अन्नबाली रोप्दा बढी फाइदा हुने संभावना रहन्छ । माटो सुहाउँदो बाली बिरुवा वा अन्न के हो ? सोही अनुरुप खेती गर्न राज्यले सघाउनु पर्छ ।


४ – पशुपालन


फूलबारी पशुपालनको हव बन्न सक्छ । अहिले पनि यहाँ चितवन र रोल्पा रुकुमसम्मका मानिसहरु आइ ब्यबसायी बाख्रा पालन, लोकलदेखि ब्रोइलर कुखुरा पालन गर्दै आइ रहेका छन् । कृषी कलेजका लागि यहाँ निजी संघ संस्थाले बिगतमै तयारी नगरेका होइनन् । वरिपरी वन जंगल हुनु, बाख्रा लगाएत पशु पालनका लागि चरण वा घाँसको अभाव नहुनु, वन जंगलबाट चल्ने सफा र स्वच्छ हावा ती सबै कर्मका लागि उपयुक्त छ ।
फूलबावरीमा बहने प्राण बायू अर्थात अक्सिजन र यहाँको भर्जिन ल्याण्डका कारण यहाँ गाइ , भैंसी, बाख्रा जस्ता पशुपालनको लागि अति उपयुक्त ठाँउ हो ।
बाहिरी जिल्ला बाट आइ यहाँ कतिपयले कुखुरा फर्म बाटै राम्रो आम्दानी गरि रहेका छन् । फ्रूलबारी पोलुसन फ्री ल्याण्ड भएको हुँदा पनि पशुपालन गर्ने वा कुखुरा पाल्नेहरुको आकर्षण बढ्दो छ । नजिकै चुरे पर्वत सृङखला हुनु, उत्तरमा बबइ नदी हुनुले त्यस्ता प्राकृतिक स्रोत साधनको उचित प्रयोग गर्न राज्यले प्रबन्ध मिलाइदिए फूलबारी पशुपालनका लागि उत्कृष्ट ठाँउ बन्न सक्छ ।

५ – पर्यटन –


भ्याली भित्रको छुट्टै भ्याली हुनुको नाताले फूलबारी पर्यटनका लागि ठूलो संभावना बोकेको क्षेत्र हो । राप्ती राजमार्ग अन्तर्गत माथि लेख –भञ्ज्याङबाट नियाल्दा फूलबारी मात्रै होइन पुरै पश्चिम दाङको खुला आँखाले नियाल्न सकिन्छ । त्यही ठाउँ आसपासमा सुविधा सम्पन्न होटेल तथा रेष्टुँराको ठूलो संभावना छ । सुरक्षाको प्रबन्ध मिलाएर ती ठाउँमा आकर्षक होटेल तथा रेष्टुँरा निर्माण भए यहाँ मुलकभरबाट पयर्टक आउने संभवना बढ्ने छ ।
प्रकृतिको एक सुन्दर उपहार पूmलबारीमा हालसम्म कुनैपनि खाले प्रदुशनदेखि मुक्त छ । दक्षिणको चुरे पहाड, उत्तरमा बबइ, त्यसबीचमा फेरि अर्कौ सानो लेरुवा पहाड र त्यस भित्रको समथर फाँटमा मिलेर बसेका मानिसहरु । उनीहरुका परम्परा, संस्कार संस्कृति र उनीहरुले जीवन यापनका लागि साँझ बिहान खेत बारीमा गर्ने क्रमहरु । साँच्चि सहर बजारमा बस्ने धेरैका लागि प्रयोगआत्मक पाठशाला बन्न सक्छन् ।
कालोपत्रे र चिटिक्को राप्ती राजमार्ग हुँदै फूलबारीको सहज यात्रा गर्न सकिन्छ । अन्य सहायक मार्गहरुबाट फूलबारीको छाति र मुटुमा प्रबेश वा बिचरण गर्न सहज छ । फूलबारी संग दुई वटा जन्ती ढुँगाहरु छन् । जहाँ बर्षेनी सयौं पर्यटक जन्ती ढुँगाको अवलोकनका लागि पुग्ने गर्छन । परापूर्वक कालमा यी दुबै ठाउँमा जन्ती अलप भएको बिश्वास गर्ने गरिन्छ । बाजा गाजासहित दर्जनौं जन्ति जस्तै मिलेर बसेका ढूँगाहरु संगको तस्बिर वा भिडियो रिल बनाउने धेरै युवा युवति त्यहाँ पुग्ने गर्छन । एकै वडामा रहेका दुई फरक ठाउँका जन्ती ढुँगा बारे थप अध्यन अनुसन्धान र प्रचार हुन जरुरी छ ।
अग्रज तथा जान्ने बुझ्ने मान्छेहरु संग सरसल्लाह र समन्वय आवश्यक छ । त्यसो हुन सके फूलबारीको बिकासमा थप टेवा पुग्ने छ ।
अर्कौ तर्फ फूलबारी प्राचिण मानवको बिचरणस्थल थियो भन्ने तथ्य उजागर भइ सकेको छ । फूलबारी उपत्यका र ग्वार खोला क्षेत्रमा प्राग ऐतिहासिक मानिसले प्रयोग गर्ने औजार फेला परेको कुरा इतिहासका कितावहरुमा पढ्न पाइने भएको हुँदा त्यसबारे थप तथ्य उजार हुन आवश्यक छ ।
हामीले माथि नै उल्लेख गरे जस्तै यहाँ बजारको कोलाहल भन्दा अग्गै एकान्तमा रमाउन चाहाने प्रकृति प्रेमीहरुका लागि स्तरिय होटेल तथा रेष्टुँराहरु खोल्नु जरुरी छ । त्यसो हुन सके स्थानीयको कृषी उपजले राम्रो मूल्य पाउने छ । स्थानीयले पालेका खसी, बोका, भेडा, लोकल कुखुरा, दूध, दही ,घिउको बजार पाउने छ । त्यसबाट स्थानीयले आर्जन गर्न पाउने छन् । तर, स्थानीय होटेल तथा रेष्टुँराहरुले पस्किले परिकार भने रैथाने हुनुको साथै उनीहरुले आफ्नै कला सीपको प्रयोग गरि आँफैले खाने जस्तै खाना पाहुनालाई पस्कन सक्नु पर्छ ।

६– ठाउँ ÷ ठाउँमा उद्यान


फूलबारी प्राकृतिक रुपमा आँफैमा चिटिक्क र सुन्दर ठाउँ भएपनि यसभित्र आवश्यकताका आधारमा ठाउँ÷ ठाउँमा बालबालिका र जेष्ठ नागरिकहरु रमाउने उद्यानहरु बनाउन आवश्यक छ । किनभने आजको बालक नै भोलिको भविश्य हो । उस्ले प्रसस्त रमाउन, खेल्न र खुसी साथ हुर्किन पाउनु पर्छ । त्यस्तै इतिहासका ज्यूँदा साक्क्षी, ज्ञान, अनुभव र संघर्षका खानी पुरानो पुस्ताहरु पनि आपसमा रमाउन पाउने, समिक्षा गर्न पाउने थलो चाहिन्छ । उनीहरुको अनुभव र ज्ञान सीपले नै नयाँ पुस्तालाई सतमार्ग मिल्ने सक्छ ।
फूलबारीमा बहुउदेश्य रंगशाला निर्माण गर्नपनि जरुरी छ । जहाँ युवाहरु खेलकुदका बिभिन्न गतिबिधिमा संलग्न हुने छन् । उनीहरु कुलतमा फस्ने छैनन् । यहाँका सक्षम ,लगनशील र संभावना बोकेका बिध्यार्थीलाई स्थानीय सरकारको सिफरिस तथा समन्वयमा पूर्ण छात्रवृतिमा अध्यन गर्ने अवशर सृजना गरिनु पर्छ ।
गरौने र दक्ष जनसक्ती निर्माण गर्ने कार्य बाट मानव सुचाङ्क फूलबारीले अब भविश्यका लागि थप नयाँ पाइलट, इन्जिनियर, डाक्टर, योग्य शिक्षक, प्राबिधिक जस्ता जनशक्ति आँफै तयार पार्न ध्यान दिनु पर्छ ।

तर, यति सबै काम गर्न सक्ने एक अशल र इमान्दार जनप्रतिधि आउनु पर्छ । राम्रो मान्छे चुन्न फूलबारीबासीले मतदानका क्रममा बिषेश ध्यान दिन जरुरी छ । जस्ले फूलबारीबासीको सपना सार्थक बनाउन रात दिन पहल गरोस । त्यसो हुन सके मात्रै प्राकृतिक रुपमा सुन्दर फूलबारी साँच्चि फूलबारी बन्ने छ । फूलबारीले न्याय पाउने छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *