२०८१ माघ ३० गते बुधवार

बाँके अपडेट– दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जनाको मृत्यु

दाङ, जेठ १९ । बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेहरुमा दाङसहित चार जिल्लाका मानिसहरुको मृत्यु भएको छ । दुर्घटनामा परि दाङ, सुर्खेत, रोल्पा र सल्यानका गरि १२ जनाको मृत्यु भएको छ ।दाङका दूई, पूर्वी सुर्खेतका तीन, रोल्पाका एक र सल्यानका ६ जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । तर उनले यो खवर तयार पार्दासम्म मृतकहरु कसैको पनि सनाखद भइनसकेको जानकारी दिए ।

तीव्र गतिका कारण बिग्रिएर सडकमा रोकी राखेको ट्रकमा फोर्स गाडी ठोक्किदा उक्त दुर्घटना भएको उनले बताए । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको राप्ती सोनारी गाउँपालिका वडा नं. २ अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट दाङ हुँदै सल्यान तर्फ आउँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडीले पछाडीबाट ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा चालकसहित भारतवाट घर फर्किरहेकाहरु हुन । ११ जनाको घटनास्थलमै र थप एकजनाको बाटामा मृत्यु भएको प्रहरीले बताएको छ । मृतक मध्य एकजना महिला पनि छन् । घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको छ । थप तीन जनाको अवस्था सामान्ने छ भने अन्य १४ को अवस्था मध्यमरहेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ । मृतक र घाइते सबैलाई भेरी अस्पतलामा लगिएको छ ।
गाडीमा कुल ३३ जना सवार रहेको प्रहरील बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *