२०८३ मङ्सिर ६ गते शनिवार

बबईका १ र घोराहीका २ युवा ३१ ग्राम बढी ब्राउन सुगरसहित पक्राउ


तुलसीपुर, मंसिर ५ ।


दाङ प्रहरीले ३१ ग्राम बढी ब्राउन सुगरसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना घोराहीका र एक जना बबईको हापुरेका निवास्ी हुन ।


शुक्रबार दिउँसो साढे ३ बजेको समयमा जिल्लाको बबई गाउँपालिका –४ दुर्गाटोलबाट २५ बर्षीय बिनोद सुनार ९ ग्राम ७१० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय हापुरेबाट गोप्य सूचनाको आधारमा संयुक्त टोलीले सुनारलाई नियन्त्रणमा लिइ खानतलासी गर्ने क्रममा उक्त परिमानमा ब्राउन सुगर बरामद भएको जिल्लाका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले बताए ।
सोही दिन सोही समयमै जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका –१५ सहिद गेटका २४ बर्षीय प्रजल श्रेष्ठ पक्राउ परेका थिए । बिषेश सुराकको आधारमा पुगेको प्रहरीले उनको घर कोठा खानतलासी गर्दा २ ग्राम २६० मिलीग्राम ब्राउन सुगर बरामद गरेको थियो ।


त्यसपछि सोही दिन बेलुकी साढे ५ बजेतिर घोराही – १६ सुन्दरनगर टोलका ३३ बर्षीय सुनिल थापाको घरमा पुगेर खानतलासी गरेको थियो । जिल्ला प्रहरीको टोलीले थापाको घरबाट १९ ग्राम २१० मिली ग्राम र ४९ हजार रुपैयाँ बरामद गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *