बिजौरी,मंसिर २ । बिजौरी उद्योग बाणिज्य संघको नंया नेतृत्व चयनका लागि आउदो मंसिर १२ गते निर्वाचन हुँदैछ ।
बाणिज्य संघको बिहिवार बसेको आकस्मिक बैठकले संघको छैठौं अधिबेशन सम्पन्न गर्नका लागी निर्वाचन समितिका संयोजक बिस्नुमणि धिताललाई जिम्मा दिएको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार ०८३ असार १३ गते बसेको बिजौरी उद्योग बाणिज्य संघको छैठौं अधिबेशन तथा १३ औं साधारणसभाको निरन्तरता अनुसार ०८३ असार मसान्तसम्म दर्ता तथा नवीकरण भएका साधारणसभा सदस्यहरुलाइ छैठौं अधिबेशनको चुनाबी प्रक्रियामा आ- आफ्नो मताधिकार प्रयोग गर्ने गरि सुनिश्चितता प्रदान गर्ने निर्णय गरिएको हो ।
नयाँ नेतृत्व चयनका लागि मंसिर ५ गते शनिबारदेखि मनोनयन दर्ता सुरु हुने र मंसिर १२ गते निर्वाचन सम्पन्न गर्ने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक बिस्नुमणि धितालले बताए ।
