२०८३ मङ्सिर ७ गते आइतवार

सुनको भाउ आजपनि घट्यो, कतिमा भइ रहेको छ कारोबार ?

दाङ, मंसिर ६ ।


नेपाली बजारमा आइतबार पनि सुन –चाँदीको भाउ घटेको छ ।
आज सुन तोलामा दुई हजार आठ सय रूपैयाँ घटेको हो ।
त्यसैले आज सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य शुक्रबार तोलामा १२ हजार दुई सय रूपैयाँ घटेको थियो भने त्यो दिन दुई लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार पाँच सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा ४५ रूपैयाँ घटेको हो ।
आज चाँदी तोलामा तीन हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी शुक्रबार प्रतितोला तीन हजार एक सय १० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *