दाङ, जेठ १९ । बाँके दुर्घटनाका १२ जना मृतक मध्य सोमवार बेलुका साढे ५ बजेसम्म चार जनाको मात्रै सनाखद भएको छ । सनाखद हुनेहरुमा दाङका एकजना, सुर्खेतका दुई जना र दैलेखका एकजना रहेका छन् ।दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २१ बर्षीय रामकुमार पुन, गाडि चालक दैलेखको गुँरास गाउँपालिका वडा नं. ४ का २८ बर्षीय दानबहादुर खड्का र सुर्खेत बीरेन्द्रनगर नगरपालिकाका वडा नं. ३ निवासी सहचालक १९ बर्षीय पवन भण्डारी र सोही ठाउँका अन्दाजी १८ बर्षीय रितेस कार्कीको मात्रै सनाखद हुन सकेको प्रहरीले जानकारी दिएको छ ।
मृतक मध्य थप ८ जनाको सनाखद भने अझैं हुन बाँकी नै छ । प्रहरीले अन्य व्यक्तिहरुको पनि नाम भने पत्ता लागेको भएपनि स्पष्ट पहिचान भइनसकेको जानकारी दिएको छ । जसमा बुद्धिराम बिक, भिमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, पुर्णबहादुर पुन, सीता पुन रहेको प्रहरीले जानकारी दिएको छ । थप एकजनाको भने अझैं नामपनि पत्ता लाग्न सकिरहेको छैन । प्रहरीले दुर्घटनाका थप २१ जना घाइतेको भने नाम ठेगाना सार्वजनिक गरिसकेको छ ।
यो पनि पढ्नुहोस
मृतक १२ मध्य दाङका एकजनाको सनाखद
यी हुन बाँके दुर्घटनाका २१ घाइते (नाम ठेगाना सहित)
बाँके घटनाका– मृतक र घाइते सबैको स्वाब संकलन
बाँके अपडेट– दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जनाको मृत्यु
बाँके दुर्घटना अपडेट– चालकसहित १२ जनाको मृत्यु
बाँकेमा बस दुर्घटना – सल्यानका १२ जनाको मृत्यु , २१ घाइते