घाइते छोरा बाँके रिफर

दाङ, मंसिर ५ ।
दैलेखमा श्रीमानको बञ्चरो प्रहारबाट घाइते श्रीमतिको पनि मृत्यु भएको छ । घाइते चार जना मध्य तीन जनाको मृत्यु भएको हुँदा अब एक जना गम्भीर अवस्थाका ६ बर्षीय बालकलाई सुर्खेतबाट थप उपचारका लागि बाँके तर्फ पठाउन थालिएको छ ।
जिल्लाको चामुन्डा बिन्दासैन नगरपालिका – ३ पानिखोलाका ३८ बर्षीय अम्बर सलामी मगरले शनिबार बिहान साढे ९ बजेतिर सामान्ने बिबादका क्रममा श्रीमतिसहित तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए ।
घाइते उनकी ३५ बर्षीया श्रीमति मनिसा सलामी मगरलाई पनि कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकले चेकजाँच पछि दिउँसो २ बजेपछि मृत घोषणा गरेका थिए ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार त्यसअघि बिहान ११ बजेतिर उनका १२ बर्षीय छोरा तपेन्द्र सलामी र ३ बर्षीया छोरी करिस्मालाई नगर अस्पताल दुल्लुले मृत घोषणा गरेको थियो ।
बुवाको बञ्चरो प्रहार बाट गम्भीर घाइते ६ बर्षीय छोरा मिलन सलामीको सुर्खेतमा उपचार जारी छ । उनलाई थप उपचारका लागि बाँके पठाउने तयारी गरिएको छ ।
आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अम्बरको टाउकोमा पनि चोट रहेको प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा पनि एक इञ्च भन्दा गहिरो घाउ खत रहेको हुँदा उपचारका लागि अस्पताल लगिएको प्रहरी निरीक्षक हरिजनले बताए । घटनाबारे थप अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।
