
दाङ, जेठ १९ । बाँकेमा भएको बस दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । बाँकेवाट भारतवाट आएका मजदुरलाई दाङ हुँदैसल्यान तर्फ जान हिडेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित ठोरिया जंग्लमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएकोर २१ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा ११ पुरूष र १ महिला रहेका छन् ।
घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको प्रदेश नं. ५ का प्रहरी प्रबक्ता राजकुमार बैदारले जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तरगत बाँकको अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यान तर्फ आउँदै गरेको बा ४ ख९०६४ नम्बरको फोर्स गाडीले पछाडीबाट ठक्कर दिदा उक्त दुर्घटना भएको हो । मृतकको सनाखद हुन सकेको छैन । मृतक र घाइतेसबैलाई राति नै भेरी अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
