२०८२ बैशाख ११ गते बुधवार

बाँके दुर्घटना – दाङका ४ को मृत्यु


दाङ, जेठ १९ । बाँकेमा गएराति भएको सवारी दुर्घटनमा मृत्यु भएका १२ जना मध्य ९ जनाको सनाखद भएको छ । तीन जनाको नाम खुलेपनि ठेगाना खुल्न सकेको छैन । त्यस्तै मृतक १२ जना र घाइते २१ जना सबैको पिरिआर परीक्षण रिपोर्टपनि नेगेटिभ आएको छ ।

मृतक ९ जनाको सनाखद, ३ जनाको नाम मात्रै पत्ता लाग्यो
दुर्घटनामा परि दाङका ४, रोल्पाका २, सुर्खेतका २ र दैलेखका १ जनाको सनाखद भएको छ । मृत्यु भएका थप तीन जनाको नाम मात्रै खुलेको भएपनि उनीहरुको ठेगाना भने खुल्न सकेको छैन । दाङको राजपुर गाउँपालिका वडा नं. ६ का रामकुमार पुन, दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ का पूर्णबहादुर पुन, सोही ठाउँकी सीता पुन, सोही ठाउँका हिमान्सु थापाको मृत्यु भएको छ ।त्यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ का मोहनचन्द्र विक, थवाङ ३ का भिमबहादुर विकको मृत्यु भएको छ ।गाडी चालक दैलेखको गुराँस गाउँपालिका वडा नं. ४ का दानबहादुर खड्का, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. ३ तातापानी निवासी गाडीका सहचालक पवन भण्डारी र सोही ठाउँका रितेस कार्कीको पनि मृत्यु भएको छ ।

३ जनाको ठेगाना पत्ता लाग्न बाँकी
मृतक मध्यका निमबहादुर वली, नरेन्द्र विक र बुद्धिराम विकको ठेगाना सोमवार बेलुका सम्मपनि पुष्टि हुन नसकेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले जानकारी दिएको छ ।

गम्भीर घाइते ५ जना
दुर्घटनाका घाइते मध्य ५ जना गम्भीर घाइते रहेका छन् । दाङ जिल्लाको सैघा दुईखोली निवासी देउविर विक, सल्यानको शिद्धकुमाख ५ का देवेन्द्र खड्का, सोही ठाउँका ज्ञानबहादुर बोहोरा, वडा नं. ४ का शिव भण्डारी र सल्यान शारदा नगरपालिका वडा नं. ६ की टीका चलाउने गम्भीर घाइते रहेको प्रदेश प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए ।

१२ जना मध्यम घाइतेहरु
दुर्घटनाका घाइते मध्य थप १२ जना मध्यम घाइतेहरु रहेका छन् । जसमा सल्याको शिद्धकुमाख वडा नं. ५ का तेजबहादुर बुढाथोकी, कुपिन्डे ६ झर्कोटका निमराज विक, शिद्धकुमाख ४ का लोकेश घर्ती, सल्यान छापडाँडाका धनबहादुर बोहोरा, कुपेन्डि ६ का देवबहादुर बुढाथोकी, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. २ रुपलाल केसी, सोही ठाउँका विष्णु गिरी, दाङकै सैघा दुईखोलीका नरबहादुर विक, रोल्पा थवाङ ३ का दिलबहादुर विक, दाङको गढवा गाउँपालिका वडा नं. ६ मानपुरका भरत थापा, राजपुर गाउँपालिका वडा नं. २ का जिवन घर्ती र सोही गाउँपालिकाको वडा नं. ६ गर्मेखोलाका दिपेश चौधरी मध्यम घाइते रहेको प्रदेश प्रहरी प्रबक्ता बैदवारले बताए ।

४ जना सामान्ने घाइते
दुर्घटनाका घाइते मध्य ४ जना भने सामान्ने घाइते रहेको प्रहरीले जानकारी दिएको छ । जसमा दाङको धर्ना निवासी मेघराज केसी, रोल्पा त्रिवेणी ७ तिलाका विरेन्द्र परियार, सोही ठाउँका सुनिल परियार र सोही ठाउँका पुरन परियार सामान्ने घाइते रहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । घाइते सबैको बाँकेको भेरी अस्पतालका उपचार भइरहेको छ ।प्रदेश प्रहरी प्रबक्ता बैदवारले मृतक १२ जना र २१ जना घाइतेको सबैको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको जनकारी दिएका छन् । आइतवार राति साढे ११ बजेतिर भारतवाट आएका मानिसहरुलाई नेपालगन्जको सीमा नाका जमुनाहबाट बोकेर दाङ हुँदै सल्यान तर्फ जान हिडेको बस ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

३३ जना सवार ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिकाको अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो । ट्रक विग्रिएको हुँदा रोकेर राखिएको प्रहरीले बताएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोकेको फोर्स गाडी तीव गतिमा रहेको हुँदा दुर्घटनामा परेको प्रहरीको अनुमान छ । ११ जनाको घटनास्थलमै र थप १ जनाको उपचारको लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस 

बाँके दुर्घटना – दाङका एकसहित ४ जनाको सनाखद

मृतक १२ मध्य दाङका एकजनाको सनाखद

यी हुन बाँके दुर्घटनाका २१ घाइते (नाम ठेगाना सहित)

बाँके घटनाका– मृतक र घाइते सबैको स्वाब संकलन

बाँके अपडेट– दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जनाको मृत्यु

बाँके दुर्घटना अपडेट– चालकसहित १२ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना – सल्यानका १२ जनाको मृत्यु , २१ घाइते

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *