२०८२ जेष्ठ १३ गते आइतवार

दाङमा डेंगुका ७ जना विरामी

दाङ,भदौ २१ । दाङमा साउन यता सात जनामा डेंगुको संक्रमण देखिएको छ । सात जना विरामी मध्य दुई जनाको काठमान्डौंमा उपचार भइरहेको छ । अरु भने उपचार पछि घर फर्किसकेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङका डेंगुरोग विशषेज्ञ कमल चन्दले फरक कोणलाई बताए ।

दाङका डेंगु फोकल पर्सन कमल चन्दका अनुसार डेंगु छिटो फैलिने रोग भएपनि प्राणघातक रोग भने हैन । यो संक्रमित मानिसलाई टाकेर अर्कौ मानिसलाई टोकेपछि मात्रै सर्ने गर्छ । यो रोग वा भाइरस लाग्दैमा मानिसको मृत्यु हुँदैन । रोग प्रतिरोधात्मक शक्ति भएका मानिसलाई केही दिनमा यो आँफै पनि सञ्चो हुन सक्छ । तर अरु कुनैपनि रोगवाट ग्रसित मानिसलाई भने यसले सिथिल बनाउँदै मृत्युको मुख सम्म पुर्याउन सक्ने चन्दले बताए ।

शंका लाग्नासाथ अस्पतला गएर उपचार गराउनु आवश्यक छ । सामान्य ज्वरो आएको भए पारासिटामोल र झोलिलो पदार्थ खाए ठीक हुने गर्छ । रागले ग्रस्त पारेमा विरामीको आँखा, नाक, मुखबाट रगत बग्ने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।

डेंगु कसरी लाग्छ र कसरी बच्न सकिन्छ ?
दाङका डेंगु फोकल पर्सन कमल चन्दका अनुसार डेंगु लामखुट्टेको टोकाई वाट सर्ने भाइरस हो । डेंगु लामखुट्टे निकै सानो हुन्छ । देख्नै मुस्किल पर्ने । आनीबानी र आकारप्रकार फरक हुन्छ। यो अन्य लामखुट्टे जस्तो गरि कराउँदैन। यो लामखुट्टै दिउँसो सक्रिय हुन्छ । रातमा आउँदैन । यसले टोक्यो भने शरीरमा मसिना बिबिरा आउँछन्। ती बिबिरा चिलाउँछन् र फैलिन्छन् । यो लामखुट्टे मार्दा कालो, फुस्रो धूलोजस्तो देखिन्छ। यो लामखुट्टे हाम्रो घरभित्रै हुर्किन्छ र त्यही बढ्छ । यसको बास भनेकै सफासुग्घर घर हो।

यो लामखुट्टे अन्य साधारण लामखुट्टे जस्तो घरवरिपरि जमेको फोहोर पानीका कारण बढ्दैन । फोहोर पानी हैन डेंगु लामखुट्टे सफा पानीमा हुर्कन्छ । सफा पानीमै यसले फुल पार्छ। भान्सा वा कौसीमा जम्मा गरेको सफा पानी, बाल्टिन, मदिराका बोत्तल, गाडीको टायरमा जम्माहुने पानी, घरको छतमा राखिने ट्याङ्की, ड्रमदेखि गमलामुनि रहेको प्लेट,मिनरल वाटरको बोतल लगाएतमा बर्षामा जम्मा हुने थोरै सफा पानी यस्को घर हो ।

दाङका डेंगु फोकल पर्सन कमल चन्दका अनुसार डेंगी लामखुट्टेको जीवनचक्र चलाउन प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यानदेखि छतमा जमेको पानी आदि भए पुग्छ । सहर बजारमा त्यस्त बस्तु यत्रतत्र छरिएका हुन्छन् । त्यसैले सहर बजारमा बर्षाको समयमा यो रोग बढी फैलिने गर्छ । हामीले प्रयोग गरेका प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यानदेखि छतमा राखेको भाँडा वर्तन जथाभावी फाल्छौं । त्यसमा बर्षाको पानी भरिन्छ र त्यसैमा यस्तो लामखुट्टेले फूल पार्छ । त्यहीवाट यो हुर्कन्छ । पानीको समस्या हुने ठाउँमा हामीले पानी जम्मा गरेको बाल्टि वा कुनैपनि भाँडोमा जम्मा गरेको पानीमा पनि यो लामखुट्टेले अण्डा पारेर बच्चा उत्पादन गर्छ । त्यसैले भाँडा वर्तनमा पानी राख्दा त्यो छोप्न वा विर्कौ लगाउन जरुरी छ ।

टुटे फुटेका प्लाष्टिक, बोत्तल, भाँडा वर्तन, गाडीका टायर घर आसपामा यत्र तत्र फाल्नु पनि यो रोगको जोखिम बढाउनु हो ।
यो लामखुट्टे नियन्त्रणको लागि जुनसुकै भाँडामा पानी जम्मा गर्दा हावा नछिर्ने गरी टम्म बिर्को लगाउनु आवश्यक छ । जस्तै भूमिगत ट्याङ्कीदेखि छतको ट्यांकीमा सधैं राम्रोसंग बिर्को लगाउने बानीको विकाश गर्न आवश्यक छ ।

बिर्को नभएको भाँडामा सकभर पानी जम्मा नगर्ने, गर्नु नै परेपनि त्यो छोपेर राख्ने । जम्मा गरेको पानी बढीमा दुई–तीन दिनमा प्रयोग गरेको हुनु पर्छ । अन्यथा त्यसैमा डेंगी लामखुट्टे छिरेर त्यसैमा फूल पार्न खतरा रहन्छ ।

भाँडाकुँडा सफासुग्घर राख्ने,पानी नभएका बाटा–बाल्टिन सधैं सुख्खा राख्ने । फ्रिजको पछाडि जम्ने पानी सकेसम्म दिनकै वा कम्तीमा तेस्रो दिनसम्म फालिसक्ने । घरको आसपास, भान्सा कोठा, बरन्डा वा छतमा कुनैपनि बस्तुमा लामो समयदेखि सफा पानी जम्मा भएको छ भने ती सबै हटाउने । बाथरूम, ट्वाइलेट, भाँडा धुने ठाउँ सफा राख्ने । ट्वाइलेट प्रयोग गरे पनि, नगरे पनि हरेक दुई–तीन घन्टामा फ्लश गर्ने । फ्लश गर्न पानी छैन भने कमोडलाई प्लास्टिकले बाँधेर राख्ने । मकै बारी, धान खेतमा, घाँस काट्न जाँदा पानी भएका ठाउँमा पूरा बाहुला भएका लुगा लगाएर हातखुट्टामा लामखुट्टेले नटोक्ने पावस भनेर सावधानी अपनाउने ।

झ्याल–ढोकामा जाली लगाउने । यो लामखुट्टे दिउँसै सक्रिय हुने हुँदा दिउँसै यदी सुत्नु पर्यो भनेपनि झुल लगाएर मात्रै सुत्ने ।

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *