२०८१ चैत्र ३ गते आइतवार

जोन्सन एन्ड जोन्सन खोप लगाएकाले पनि बुस्टर डाेज लगाउन मिल्ने

काठमाण्डौ,फागुन ५ । कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना निकालेर अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भइ जोन्सन एन्ड जोन्सनको खोप लगाएको ६ महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने जनाएको हो ।

मन्त्रालयले जोन्सनको खोप लगाएकाहरुलाई सकेसम्म यही खोप बुस्टर डोजमा लगाउन सुझाव दिएको छ । तर, यो खोप नपाएमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप पनि लगाउन सकिने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *