हुम्ला,फागुन १० । हुम्लामा सुत्केरी ब्यथा लागेर थला परेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
ब्यथा लागेको चौध घण्टापछि स्वास्थ्य सेवा कार्यालयमा खबर आउदा प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको समन्वयमा हेलिकोप्टरबाट उनको उद्धार गरिएको हो ।
आठ महिनाको गर्भ भएकै बेला ब्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ को दुल्ली गाउँकी २१ वर्षीया बिन्दु थापाको हेलिकोटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको अस्तपालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन ।
ब्यथा लागेपछि सर्केगार्ड स्वास्थ्य चौकीमा लिदा स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रिफर गरिएको उनका श्रीमान प्रकाश बुढाले बताए ।
गर्भवती थापालाई जिल्लामा बोहराले रिफर गरेकी थिइन । स्टेचरमा जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमा पेट पनि दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकोप्टरको ब्यवस्था भएको उनले गरेकी थिइन ।
उनलाइ खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ को देउखुरी हेलिप्याडबाट सुर्खेत उद्धार गरिएको शरिष्ठ अनमी बोहराले बताइन । ।
सोमबार बेथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार सुरु भएको उनको भनाई छ ।
थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट ब्यहोरिने प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।
सुत्केरी ब्यथा लागेर थला परेकी गर्भवती महिलाको उद्धारका लागि हवाई उद्धार कार्य प्रभावकारी बन्दै आएको छ ।