२०८३ साउन १२ गते मङ्गलवार

सुन तोलामा ४३ सय रुपैंयाले घट्यो


दाङ, साउन १२ ।


मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार तीन सय रूपैयाँ घटेको छ ।

आज सुन तोलाको दुई लाख ८४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार सुन तोलामा एक हजार चार सय रूपैयाँ बढेको थियो । त्यो दिन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा एक सय ३५ रूपैयाँ घटेको छ ।
आज चाँदी चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *