२०८३ बैशाख २६ गते शनिवार

योग भवनको उद्घाटन


हेँकुली , बैशाख २६ ।
हेँुकलीमा जेष्ठ नागरिक तथा योग भवन उद्घाटन गरिएको छ ।
दंगीशरण गाउँपालिका – ५ को नन्द्रागाउँमा पालिकाको साढे १० लाख लागतमा निर्मित भवनको गाउँपालिका अध्यक्ष शम्भु गिरीले शुक्रबार उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले जेष्ठ नागरिक भेला हुने, रमाउने र उनीहरुले ब्यायाम गर्ने ठाउँको खाँचो परेको हुँदा भवन निर्माण गर्नु परेको बताए ।
स्थानीय नागरिकको माग र चाहानाका आधारमा पालिकाका ७ वटै वडामा ८ वटा बहुउद्देश्यीय सभाहल निर्माण गरिएको गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीले पछिल्लो समयमा नसर्ने रोगले सर्वसाधारण बढी समस्यामा परेको भन्दै त्यसका लागि आफ्नो आमनी बानीमा सुधार गर्नूका साथै नियमित ब्यायाम, योग प्रणायाम र ध्यानमा जोडिन उनले आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कर्णबहादुर नेपालीले जेष्ठ नागरिक तथा योग हलको नाम दिइए पनि आवश्यक पर्दा वडा भित्रका हरेक कार्यक्रमहरु यस्ता हलहरुमा संचालन गर्न पनि सहज हुने उनले बताए ।

जेष्ठ नागरीक दंगीशरणका अध्यक्ष टीकाबहादुर डाँगी, जेष्ठ नागरिक तथा योग भवन निर्माण समितिका अध्यक्ष नारायणप्रसाद न्यौपाने, अनुगमन समितिका सयोजक मोहलाल गिरी लगायतले मनतब्य राखेका थिए ।
वडा न ५ का सदस्य भुमप्रसाद देवकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका जिन्सी साखा प्रमुख वालकृष्ण भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *