
घोराही, जेठ १४ ।
नेपाल प्रेस युनियन दाङले युनियनको ३५औँ स्थापना दिवसको अवसरमा दाङ शाखाका सस्थापक अध्यक्ष रामप्रसाद पौडेललाइ सम्मान गरेको छ ।
विगत केही समयदेखी अस्वस्थ रहनु भएका सस्थापक अध्यक्ष पौडेलकै निवासमा पुगेर नेपाल प्रेस युनियन दाङले कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।
दाङ जिल्लामा नेपाल प्रेस युनियनको स्थापना तथा संगठन निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यसको कदर स्वरुप पौडेलकै घोराहीस्थित निवासमा पुगेर यूनियनका पदाधिकारीले सम्मान गरेका हुन ।
जिल्ला अध्यक्ष नारायण खड्का, केन्द्रीय सदस्य लक्ष्मिमान चौधरी, जिल्ला सल्लाहकार सन्तोष सुबेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्ती, जिल्ला उपाध्यक्ष पार्वती बस्नेत, सचिव अमर क्षितिज भण्डारी, निवर्तमान सचिब आरके सितल, कोषध्यक्ष लिलाधर वली, सदस्य नारायण नेपाल लगाएतको टोलीले पुगेर सस्थापक अध्यक्ष पौडेललाई सम्मान गरेको हो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व पौडेलले घरमा आएर नेपाल प्रेस युनियन दाङ शाखाले गरेको सम्मान र देखाएको हार्दिकताको स्वागत गर्दै निष्पक्ष पत्रकारितामा लाग्न आग्रह गरेका थिए ।
उनले पत्रकारिता कमजोर हुदा लोकतन्त्र कमजोर हुने भन्दै आवाज बिहीनहरुको आवाज बनेर राज्यको चौथो अंगका रुपमा हेरिएको पत्रकार जगत सधै आफ्नो मर्यादामा रहेर अगाडि बढ्नु पर्ने सुझाएका थिए ।
दीप प्रज्वलन
युनियन दाङले बुधबार तुलसीपुर र लुम्बिनी प्रदेशको राजधानीमा स्थापना दिवसको अवशरमा दीपप्रज्वलन गरेको थियो ।
तुलसीपुरको विपी चोकमा अध्यक्ष नारायण खड्काको नेतृत्वमा र प्रदेश राजधानी परिशरमा उपाध्यक्ष गोपाल शर्मा भट्टराइको नेतृत्वमा दीप प्रज्वलन गर्ने कार्यक्रम भएको हो । तुलसीपुरमा भएको दीप प्रज्वलन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, अंजना चौधरी, प्रेस चौतारी नेपालकी जिल्ला अध्यक्ष सुधासुमन ढकाल, नेपाल तरुण दल दाङका अध्यक्ष टिकाराम घर्ती, नेपाल विद्यार्थी संघका नेता आँकाश भण्डारी, युनियनका नेताहरु बिमल गौतम, देविराम कुसारी, युनियन दाङका सहसचिव द्धय सन्तोष केसी र उमा भण्डारी, जिल्ला कार्यसमिति दाङकी सदस्य जयन्ती चौधरी, शोभा खड्का, प्रेस संगठन नेपालका तुलसीपुर अध्यक्ष टेकराज भण्डारी, इगल खबर डटकमका संचालक एचआर मगर लगाएत दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका थिए ।
त्यस्तै प्रदेश राजधानीमा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदहरुपनि दीप प्रज्वलन कार्यक्रममा सरिक भएका थिए ।

