दाङ, असार ६ ।
सुर्खेतमा बिभिन्न घटनामा परि एक किशोरीसहित दुई जनाको मृत्यु भएको छ ।
एक जना किशोरीको माटोको ढिस्को खन्ने क्रममा पुरिएर मृत्यु भएको छ भने अर्का किशोरको पौडी खेल्ने क्रममा डुबेर बेत्तपा भएका छन् । उनको पनि मृत्यु भएको आशंका गरिएको छ ।
त्यस्तै अर्का एक जना नबजात सिशुको शब फेला परेको छ ।
माटोको ढिस्कोले पुरिएर मृत्यु
सुर्खेतमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भेरी गंगा नगरपालिका – ७ काठेघारीकी १७ बर्षीया निर्मला बिकको शनिबार माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी प्रतुस सुनारकी श्रीमति हुन । बिक आफ्नो घरदेखि १ किलोमिटर पूर्व दक्षिणस्थित जंगलमा माटो खन्न गएको समयमा बिहान ११ बजेतिर ढिस्कोले पुरिदा घटनास्थलमै मृत्यु भएको थियो ।
वडाध्यक्ष कर्णबहादुर मिजारले घटना बारे सूचना दिएपछि अस्थायी प्रहरी पोष्ट जहरे बाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर गुरुङ र इलाका प्रहरी कार्यालय छिन्चु बाट प्रहरी निरीक्षक प्रकाशकुमार केसीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो ।
डुबेर १८ बर्षीय किशोर बेपत्ता
दैलेखको गुँरास गाउँपालिका घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ स्थित ग्रिल उद्योमा काम गर्ने १८ बर्षीय रमेश पुन मगर डुबेर बेपत्ता भएका छन् ।
उनको खोजी कार्य जारी छ ।
बिहान पुनसहित ८ जनाको टोली घुम्नका लागि पन्चपुरी नगरपालिका – ८ दहतालमा पुगेका थिए । सोही तालमा पौडी खेल्ने क्रममा मध्यान्हः १२ बजेतिर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनको खोजीको लागि इलाका प्रहरी कार्यालय बाबिया चौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाही नेतृत्वको पाँच जनाको टोली र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गुटु बाट प्रहरी निरीक्षक कुलदिप जंग शाहको नेतृत्वमा सात जनाको टोली खटिएको छ ।
नवजात सिशुको शब फेला
जिल्लाको वीरेन्द्रनगर नगरपालिका – ६ स्थित घन्टा घरको पछाडि देवलको छेउमा अन्दाजी ९/१० महिनाको जस्तो देखिने नवजात सिशु बालकको सडेगलेको अवस्थाको शब फेला परेको हो ।
घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट प्रहरी निरीक्षक दीपक मगराठी नेतृत्वका टोली खटिएको छ ।
घटनास्थल जिप्रकादेखि करिब ७०० मिटर पश्चिममा पर्छ ।
