२०८३ असार १० गते बुधवार

तुलसीपुरमा उपमेयरकी भाउजु मकैबारीमा मृत फेला

तुलसीपुर, असार १० ।
तुलसीपुर उपमहानगरपािलका –१३ गिदनियाकी ६० बर्षीया चेच्या चौधरी मकै बारीमा मृत अवस्थामा फेला परेकी हुन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार मंगलबार बेलुकी उनको शब फेला परेको थियो ।
प्रहरी निरीक्षक हमालका अनुसार मृतकको शरिरमा देखिने गरि कुनै पनि बाहिरी चोट पटक छैन । मृतकका श्रीमान अम्मरराज चौधरी लगाएत परिवारका सदस्य घरमै छन् ।
मृतक मदिराकी अम्मली रहेको भन्ने कुरा प्रारम्भीक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बिहान मात्रै उनी गाउँमा काम गर्दै गर्दा स्थानीयले देखेका थिए । तुलसीपुर – १३ का वडाध्यक्ष मोहन पौडेलका अनुसार मृतक महिला नाताले तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीकी माइली भाउजु हुन । स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।
मृतकको शब पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याएर राखिएको छ । बुधबार शवको पोष्टमार्टम गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *