
घोराही, असार १० ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ महिनामा एक सय ४९ जना महिलाले निशुल्क प्रसुति सेवा लिएका छन् । यो संख्या जेठ १ गतेदेखि ३१ गतेसम्मको हो ।
एक महिनाको अवधिमा शल्यचिकित्सा सेवावाट एक सय ३६ महिलाले सुरक्षित सुत्केरी सेवा प्राप्त गरेका छन् । पाँच जनाले एमभीए (म्यानुअल भ्याकुम एस्पिरेशन), ६ वटा एक्टोपिक गर्भसम्बन्धी शल्यक्रिया र एउटा मोलार गर्भसम्बन्धी शल्यक्रिया जेठ महिनामा प्रतिष्ठानले गरेको छ ।
आमा सुरक्षा कार्यक्रम निशुल्कपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसुति सेवा थप प्रभावकारी बन्दै गएको छ ।
प्रतिष्ठानका प्रसुति रोग विशेषज्ञ प्राध्यापक डा. बशन्त लामिछाने नेतृत्वको टोलीले निशुल्क प्रसुति सेवा दिदै आएको छ ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाईलीले प्रतिष्ठानमा सन्चालित निशुल्क प्रसुति सेवाले विरामी लाभान्बित भएको बताए ।
जेठ महिनामा प्रसुति सेवाबाट दूई हजार तीन सय ५८ जना महिलाले ओपिडि सेवा र ५२ जना भर्ना भएर सेवा लिएका प्रतिष्ठानको तथ्याङ्कमा छ ।
