२०८३ असार ७ गते आइतवार

पदक जितेपछि जिम क्लबमा केक काटेर सेलिब्रेसन

तुलसीपुर, असार ७ ।
आफ्ना तीन खेलाडीले गोल्ड मेडलसहित बिभिन्न मेडल जितेपछि तुलसीपुरको ‘फ्रेन्ड फिटनेस जिम क्लव’ले आइतबार केके काटेर खुसीयाली मनाएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिवार दाङको घोराइमा आयोजित प्रथम लुम्बिनी कलाशिक खुला राष्ट्रिय पुरुष शारिरीक सुगठन तथा महिला एथलेटिक फिजिक प्रतियोगिता २०८३ मा ‘फ्रेन्ड फिटनेस जिम क्लव’ तुलसीपुरका खेलाडीले मेडल जितेका थिए ।
त्यो प्रतियोगितामा ७५ माथिको तौल समुहमा दीपजंग रोका मगरले गोल्ड मेडल जितेका थिए । त्यस्तै ५५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेका सरोज कँडेलले सिल्भर मेडल जित्न सफल भएका थिए । कँडेल महिना दिनको अवधिमा बाँके लगाएत बिभिन्न ठाउँमा भएका प्रतियोगितामा भाग लिएर एक्लै तीन वटा मेडल जितेका ब्यक्ति हुन ।
त्यस्तै स्वर्ण पदक बिजेता मगर साउथ एसियन च्याम्पियन सीपमा प्रतिष्पर्धा गर्नाका लागि जुन २८ गते भुटान उड्दै छन् । उनका अनुसार उनी त्यहाँ ८० केजी भन्दा माथिको तौल समुहमा जुन ३० मा प्रतिष्पर्धा गर्ने छन् । झन्डै दुई दशक भन्दा बढी समयदेखि जिम गर्न थालेका उनी निरोगीताको लागि जिम आवश्यक रहेको बताए । यसअघि उनी ९औं ‘मिष्टर हिमालयन’ ८० केजी तौल समुहको पनि गोल्ड मेडलिष्ट हुन । त्यसबाहेक उनी ह्वाब्बी ओयटमा राष्ट्रिय प्रतियोगितामा फष्ट रनरअपपनि बनेका थिए ।
यो क्लव बाट प्रतिष्पर्धा गरेका मध्य ७५ केजी तौल समुहका भिडेका करण वली ५औं स्थानमा हासिल गर्न सफल भएको ‘फ्रेन्ड फिटनेस जिम क्लव’ तुलसीपुरका संचालक आषिश श्रेष्ठले बताए ।
प्रतिष्पर्धामा भाग लिएका तीन मध्य दुई खेलाडीले स्वर्ण र रजत पदक जितेको खुसियालीमा आइतबार बिहान क्लवमा बिजेता खेलाडीले सेलिब्रेसन गरे । उनीहरुले खुसीयालीमा केक काटेर भविश्यमा थप राम्रो गर्ने अठोट जाहेर गरे ।
‘फ्रेन्ड फिटनेस जिम क्लव’ जिल्लाकै सबै भन्दा पहिलो र पुरानो जिम क्लब हो ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *