

दाङ, असार ७ ।
गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
मंगलबार बिहान गुरुङले चितवनको भरतपुर महानगरपालिका – १० स्थित लर्ड बिजिनेस कम्पिलेक्स होटेल प्रालिमा ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको थियो । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो अधिबेशनमा सहभागी हुन चितवन गएका बखत बिहानको ब्रेकफाष्ट खाँदा गुरुङले दिइएको अम्लेटमा माछाको काँडा फेला पारेका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको एयरपोर्ट अगाडि रहेको उक्त होटल लड्र्स बिजनेस कम्प्लेक्स प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यान्न खुवाएकोले जरिवाना गरिएको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
होटलमा अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको पाइएको जानकारी दिइएको छ । गृहमन्त्रीले ब्रेकफाष्ट खाएको होटेल अनुगन गर्न सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो ।
