
तुलसीपुर, चैत १ । चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा निरला अर्याल सर्वसम्मत रुपमा चयन भएकी छन् ।
तुलसीपुरको होटेल वष्टर्न प्यालेसमा शनिबार भएको संघको छैठौ अधिवेशनले उपाध्यक्ष भुपेश वलीलाई चयन गरेको छ । वली यसअघि पनि उपाध्यक्ष थिए ।
त्यस्तै सचिवमा एकराज भण्डारी र कोषाध्यक्ष झग्गु भण्डारी चयन भएका छन् ।
संघको सदस्यहरुमा टेकराज भण्डारी, हिमाल महरा, दिपेन खत्री छन् । अन्य सदस्य मनोनित गरिने भएका छन् । संघको कार्यसमिति ११ सदस्सीय हुने गर्छ । नयाँ कार्यसमितिको कार्यकाल तीन बर्षको हुने छ ।
संघको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले) की केन्द्रीय सदस्य कोमल वलीले दाङ प्राकृति रुपमा अतेन्तै सुन्दर रहेको भन्दै भविश्यमा फिल्म छायांकलनका लागि एक उपयुक्त स्थल बन्ने संभावना औंल्याइन ।
उनले दाङमा फिल्म निर्माणतालाई आकर्षित गर्न भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने सुझाइन ।
संघका केन्द्रीय अध्यक्ष समिर बलामीले संघलाई समाजमुखी बनाउन थप क्रियाशिलताका साथ लाग्न आग्रह गरे ।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य धुव्रराज न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष शिव पुन, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रासस दाङ प्रमुख नारायणी रजौरे, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, लेखक तथा साहित्यकार वसन्त आचार्य, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधा सुमन ढकाल, प्रेस सेन्टर नेपाल दाङका सचिव दिपक बोहरा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका सदस्य पूर्ण केसीले गरेका थिए भने कार्यक्रमको सहजीकरण तत्कालिन सचिव निरला अर्याल गैरेले गरेकी थिइन ।
कार्यक्रममा जिल्लाका पाँच जना पत्रकारलाई सम्मान गरिएको थियो । पत्रकारहरु वसुन्धारा गौतम, लिलाधर वली, दीपक बोहरा, वसन्त पौडेल र सुधासुमन ढकाललाई सम्मान गरिएको थियो ।