दाङ , साउन १६ ।
कतब्र्य ज्यान मुद्दामा २० बर्ष ६ महिना कैद तोकिएका एक ब्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । जिल्लाको लालझाडी गाउँपालिका – ४ का ३५ बर्षीय डाँडाजादेका टुकु भनिने राजेश राना शुक्रबार पक्राउ परेका शनिबार जिल्ला प्रबक्ता डिएसपी टेकबहादुर रावतले सार्वजनिक गरेका हुन ।
डिएसपी रावतका अनुसार राना भिमदत्त नगरपालिका – ११ गड्डाचौकी बाट पक्राउ परेका थिए । पक्राउ पछि उनलाई प्रहरी हिरासतमा राखिएको छ ।
२०६६ सालको एउटा हत्या घटनामा जिल्ला अदालतले २०८२/०८/२८ गते रानालाई दोषी ठहर गर्दै २० बर्ष ६ महिना कैद सजाएको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचिमा थिए ।
प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार
