
दाङ, साउन १० ।
बसले मोटरसाइकलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । यो घटना कपिलबस्तुमा मध्यराति घटेको हो ।
दुर्घटनाका गम्भीर घाइते जिल्लाको यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका २८ वर्षीय मोटरसाइकल चालक सर्जु चाइ र पछाडि सवार ३० वर्षीय रामबहादुर चाइको तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बिहान पौने २ बजेतिर मृत्यु भएको हो ।
चाइ द्धय सवार लु.प्र.०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई शुद्धोधन गाउँपालिका –६ बिमिया अन्तर्गत गर्ने हुलाकी सडक–खण्डमा बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले राति १ बजेतिर ठक्कर दिएको थियो । बस पूर्व तर्फ जाँदे थियो भने मोटरसाइकल बिपरित दिशा पश्चिम तर्फ आउँदै थियो ।
बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका – २ खरीगैराका २८ वर्षीय श्यामकुमार कामी रुपन्देही प्रहरीको नियन्त्रण पछि कपिलबस्तुमा ल्याइएको छ । त्यसअघि प्रहरीले बसका सह–चालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका –५ खैरागारका २१ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्लाका प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
