दाङ , साउन १६ ।
कैलालीको धनगडी उपमहानगरपालिका – ४ की २३ बर्षीया पूजा धानुक मृत्यु प्रकरणमा उनका श्रीमानसहित परिवारका पाँच जना पक्राउ परेका छन् ।
पूजा साउन ११ गते बेलुकी ४ बजेतिर घर भित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन ।
साउन १३ गते पूजाका बुवा प्रेमसिंह धानुकले प्रहरीमा ज्वाँइ भरत धामीसहित परिवारका पाँच जना बिरुद्ध कतब्र्य ज्यान शिर्षकमा मुद्दा दर्ता गराएका थिए । त्यसपछि प्रहरीले भरतसहित परिवारका पाँच जनालाई पक्राउ गरेको थियो ।
जिल्लाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक कैलाससिंह बिष्टका अनुसार पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान जारी छ ।
साथै प्रहरीले अनुसन्धान जारी रहेको हुँदा मृतकका आफन्त बाट भइ रहेको शान्तिपूर्ण पर्दशन रोक्न आग्रह पनि गरेका छन् ।
प्रहरी निरीक्षक बिष्टले पीडित पक्षलाई संम्मेता अपनाउन तथा प्रहरीको अनुसन्धानमा सहयोग गर्न आग्रहपनि गरेका छन् ।
