२०८३ साउन १३ गते बुधवार

बुवाको हत्या गर्ने छोरा पक्राउ

दाङ, साउन १३ ।

रुकुम पश्चिममा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
जिल्लाको सानीभेरी गाउँपालिका –८ हुसिखोलामा बुधबार दिउँसो साढे ३ बजेतिर ठगेन्द्र घर्तीको हत्या भएको थियो ।
ठगेन्द्र घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए । उनको हत्या आरोपमा उनका २६ वर्षीय पारश घर्ती पक्राउ परेका हुन ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार आफ्नै बुवा ठगेन्द्र माथि हँसिया प्रहार गरी हत्या गरेको आरोपमा छोरा पाशर परेका हुन ।
बुवाको हत्या पछि पारशले आँफैले आफ्नो टाउकोमा समेत हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ ।
हत्या घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *