
तुलसीपुर , साउन १५ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताएका हुन ।
शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२र/०८३ को वार्षिक समिक्षा कार्यक्रममा उनले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
उनले गरेका काम गुणस्तरीय किन हुन सकिरहेका छैनन् भनेर कारण खोज्न आग्रह गरे ।
साथै उनले गरेको कालोपत्रे सडक एक वर्षमै किन भत्किरहेका छन भनेर प्रश्न पनि गरेका थिए ।
आयोजना कार्यान्वयनका क्रममा निर्माण व्यवसायीबाट प्रभावित नभई कानुन र मापदण्डअनुसार काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।
