दाङ, साउन ९ ।
रोल्पामा गाइ बस्तु चराउन गएका दुई महिला शनिबार दिउँसो झरेको पहिरोले पुरिएका छन् ।
जिल्लाको सुनछहरी गाउँपालिका – १ का सेरमस्थित दवाङ लेकमार्गमा गाइ बाख्रा चराउन गएका स्थानीय दुई महिला पहिरोले पुरिएर बेपत्ता छन् । उनीहरुको पहिचान भने खुलाइएको छैन ।
दिउँसो सवा १ बजेतिर दुई महिलासहित बस्तु चौपायालाई पहिरोले पुर्दा बेपत्ता भएको बारे दिउँसो साढे २ बजेतिर वडाध्यक्ष महाविर राना मगरले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय पोवाङबाट प्रहरी बरिष्ठ नायव निरीक्षक सुबिन शाहको नेतृत्वमा २५ किलोमिटर टाढाको घटनास्थलमा प्रहरी टोली सवा ४ बजेतिर पुगेको थियो ।
इप्रका सुलिचौर बाट प्रहरी निरीक्षक अनिलकुमार चौधरी नेतृत्वको छोलीपनि घटनास्थल तर्फ लागेको छ। ।
प्रकाशित मिति : २०८३ साउन ९ गते शनिवार
