२०८३ असार २७ गते शनिवार

आगलागीबाट खैराको प्लाइ उद्योगमा ३८ करोड बराबरको क्षति

तुलसीपुर, चैत १९ । चैत ११ गते मध्य राति प्लाइ उद्योगमा लागेको आगलागी बाट ३८ करोड बराबरको क्षति भएको बिवरण संकलन भएको छ ।


दाङको घोराही उपमहानगरपालिका – ९ खैरास्थित ‘साँग्रिला प्लाइ तथा भेनियर उद्योग’मा झन्डै भएको आगलागीबाट ३८ करोड बराबरको धनमाल जलेर नष्ट भएको बिवरण प्रहरलिे संकलन गरेको हो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार खैरास्थित उद्योगमा लागेको आगोबाट भएको क्षतिको बिवरण संकलन भइ सकेको भएपनि शिर्षकगत रुपमा के कति क्षति भएको हो ? भन्ने बारे थप अध्यन र विश्लेशन भइ रहेको छ ।


आगलागीबाट प्लाइ, केमिकल, मेसिन लगाएत ठूलो परिमानमा भण्डारण गरि उद्योग भित्र राखिएका काठहरु पनि जलेर नष्ट भएको हुँदा क्षतिको बिस्तृत रिपोर्ट तयार पारेपछि बिस्तृत रुपमा क्षतिको विवरण सार्वजनिक गर्ने डिएसपी शाहले बताए ।


आफ्नै जग्गा र केही ब्यक्तिको जग्गासमेत भाडामा लिएर सात बिगाहा बढी क्षेत्रफलमा उद्योग सञ्चालन हुँदै आएको थियो ।

बिगत १९ बर्षदेखि सञ्चालित उद्योग पश्चिम नेपालकै ठूलो उद्योग थियो ।


उद्योगमा लागेको निभाउन दाङका साथै बर्दिया, बाँके, कपिलबस्तु र रुपन्देहीसमेत गरि आठ वटा दमकलहरु प्रयोग गरिएका थिए । उद्योगमा लागेको आगो पूर्ण रुपमा निभाउन दुई दिन लागेको थियो ।

यो पनि हेर्नुहोस :

४० घन्टापछि बल्ल नियन्त्रणमा आयो खैराको प्लाइ उद्योगमा लागेको आगो

घोराहीको प्लाइ उद्योगमा लागेको आगो नियन्त्रणमा लिन यतिधेरै समय किन लाग्यो

खैराको प्लाइ उद्योगमा मध्यरातिदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी

दाङमा प्लाई उद्योगमा भीषण आगलागी

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *