
तुलसीपुर , कात्तिक ९ ।
ग्रेट अरनीको मावि तुलसीपुरले तुलसीपुरको गुम्ह्रा चोकमा डिभाइडरहरु स्थापना गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रेट अरनिको माविले तुलसीपुर ग्रेट अरनिको चोकदेखि गुम्ह्रा चोकको बीचको अपुग रहेको ठाउँमा सोमबार बिहान डिभाइडरहरु स्थपना गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार १५ जोडी अर्थात ३० वटा डिभाइडर खरिदका लागि अरनिको माविले ७५ हजार रुर्पैयाँ प्रदान गरेको थियो ।
त्यहाँ राखेर बचेका केही डिभाइडरहरु बसपार्क क्षेत्रमा स्थापना गरिने भएको छ ।
यही सडक खण्डमा अरनिको माविका शिक्षक सवार मोटरसाइकल संग अर्कौ एउटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको थियो । यही ठाउँमा त्यसको एक हप्ता दिन अघि भएको दुर्घटनामा परि अर्की एक जना राप्ती बबइमा अध्यनरत छात्राको मृत्यु भएको थियो ।
त्यसपछि संचार माध्यमहरुले त्यसक्षेत्रको सडकको अवस्थाका साथै त्यहाँको सडकमा भएका कमिकमजोरीहरु औंल्याएका थिए । जहाँ सडक सुरक्षाका कुनैपनि ट्राफिक संकेत चिन्हरु थिएनन् ।
त्यसपछि बल्ल सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यहाँका विभिन्न शैक्षिक संघसंस्था, अस्पतालसँग इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले सडक सुरक्षाको लागि सहयोग गर्न आग्रह गरेका थिए ।
उनको आग्रहका कारण बिभिन्न सामाजिक संघ संस्थाको सहयोगमा हालसम्म सात लाख २५ हजार रूपैयाँबाट झन्डै ४९४ वटा सडक डिभाइडर स्थापना गर्ने कार्य पूरा भइ सकेको छ ।

