२०८२ बैशाख ७ गते शनिवार

घोराहीको प्लाइ उद्योगमा लागेको आगो नियन्त्रणमा लिन यतिधेरै समय किन लाग्यो

घोराही, चैत ११ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको ‘सांग्रीला प्लाई तथा भेनियर उद्योग’मा मध्यरातिदेखि लागेको आगो बिहान ११ बजिसक्दापनि अझैंसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

सोमवार विहान करिव १ बजे लागेको आगो बारे प्रहरीले त्यसको एक घन्टा ढिला गरि २ बजेतिर मात्रै थाहाँ पाएको थियो ।

झन्डै ११ घन्टा बित्नै लाग्दासमेत उद्योगमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आइ सकेको छैन । आगलागीका कारण उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ । विद्युत सट भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दाङका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बिहान ११ बजेसम्म झन्डै ५० प्रतिसत आगो नियन्त्रणमा आएको बताए ।

आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएका छन् । उनले उद्योग भित्र राखिएका केही ट्रकहरुमा समेत आगलागी भएको बताए ।


आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली रातिदेखि नै अनवरत रुपमा खटिदै आएको छ ।
उद्योगमा धेरै प्लाइहरु राखिएको, काठ तथा लकडी धेरै भण्डारण गरिएको हुँदा त्यसमा ठूलो आगो सल्किएका कारण समयमै नियन्त्रणमा लिन संभव नभएको प्रहरी अधिकारीहरु बताउँछन् ।

उद्योग भित्र आगोको सामराज्य फैलिएका कारण करिव आधा दर्जन दमकलहरुबाट नियमित प्रयास गर्दापनि आगो नियन्त्रणमा लिन संभव नभएको उनले बताए ।

दाङका तीन वटा, रुपन्देहीको १, बाँकेबाट २ र बर्दियाको १ टमकल सहयोगका लागि दाङ आइ पुगेका छन् ।

जिल्लामा रहेका पानी बोक्ने ट्याँङकरहरु पनि आगो निभाउन प्रयोग गरिएका छन् ।

उद्योगमा आगलागी हुँदा कामदार भित्र कोहीपनि थिएनन् । त्यही भएर मानविय क्षति हुन बाट जोगिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उद्योगमा ताल्चा लगाइ कामदार छुट्टै ठाउँमा बस्दै आएका कारण मानवीय क्षति हुन नपाएको डिएसपी शाहले बताए ।

उद्योगमा लागेको आयो नियन्त्रणमा लिन कठिन भएपनि उद्योगका आसपासमा रहेका बस्ति जोगाउन प्रहरी प्रशासनले रातिदेखि नै सक्रियता देखाएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उद्योगमा निरन्तर आगो लागिरहेको र दिउँसोको समयमा हावाहुरी चल्दा बस्ती थप जोखिमा पर्न सक्ने संभावनालाई मध्यनजर गरि बस्तीलाई जोगाउने गरि सुरक्षाकर्मी खटाइएको बताए ।

उद्योग वरपर रहेका केही घरहरु जोखिममा रहेको हुँदा क्षति हुन नदिने गरि लागि परेको बताए ।

उद्योगमा लागेको आगो नियन्त्रणमा लिन घोराही र तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरको दमकल सुरुमा पगेका थिए ।


आगो नियन्त्रणका लागि दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका तीन वटा दमकलसँगै कपिलवस्तुका २, रुपेन्देहीको १, बाँकेका २ र बर्दियाको १ वटा दमकल प्रयोग गरिएको उनले बताए ।

छिमेकी जिल्लाहरुबाट थप दमकलहरु पनि सहयोग मागिएको छ । उद्योगले प्लाइ उत्पादन गरी देशका विभिन्न जिल्लाहरुका साथै भारत समेत निर्यात गर्दै आएको थियो ।

उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *