
दाङ, कार्तिक १७ ।
जिल्लाका कारागार डोल्पाबाट सुरुङ खनेर भागेका आठ जना कैदी बन्दीहरु मध्य दुई जना मंगलबार पक्राउ परेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता एसएसपी सन्तोससिह राठौरका अनुसार रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ बर्षीय रेशम राना पक्राउ परेको जानकारी दिएका हुन ।
पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरि रहेकाहरु हुन । उनीहरुसहित ८ जना शनिबार राति कारागारको सुरुङ खनेर भागेका थिए ।
उनीहरु दुबै जना डबल क्याप जिपमा चढेर खाली बजारबाट राडीतर्फ जाँदै थिए ।
डिउटीको प्रहरीले चेकजाँचका लागि गाडी रोक्न भनेपछि जिपमा सवार दुई जना उनीहरु भाग्न खोजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
‘ गाडी रोक्न भनेपछि ती दुई आँफै भाग्न खोजेछन्,’ राठोरले भने ‘ सायद उनीहरुलाई लागेको हुनुपर्छ प्रहरी हामीलाई नै समात्न यहाँ बसेको रहेछ ।’
दुई जना पक्राउ परेपछि अब जबरजस्ती करणी मुद्दामै कैद भुक्तान गरिरहेका जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, डोल््पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय र वडा नम्बर ४ का २८ वर्षीय हरिबहादुर बुढा पक्राउ पर्न बाँकी छन् ।
त्यस्तै चोरी मुद्दामा पक्राउ पछि पूर्पक्षका लागि थुनामा रहेका
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारीपनि पक्राउ पर्न बाँकी छन् । यी दुई कै प्रमुख योजनामा सुरुङ खन्ने र भाग्ने योजना बनेको प्रहरीको आशंका छ ।
बिहान साढे १० बजेतिर चौरजहारी बेश क्याम्प र रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले डोल्पाको ठुलीभेरी नगरपालिका – ३ स्थित जिल्ला कारागार बाट भागेका आठ जना मध्य मध्य बिक र रानालाई पक्राउ गरेको हो ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ६ दामाचौर स्थित खोली बगरबाट आठबिसकोट – ९ राडी तर्फ जाँदै गरेको क.प्र. ०२–००१ च ०८३१ नम्बरको डबल क्याप बोलेरो जिप चेकजाँच गर्ने क्रममा बिक र राना भाग्न खोजेका थिए ।
त्यही क्रममा खोजतको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनीहरुले भागेका कैदीबन्दी भएको खुलेको थियो ।
