तुलसीपुर , चैत ११ । दाङ घोराहीको खैरामा रहेको एउटा प्लाइ उद्योगमा मध्यरातिदेखि लागेको भिषण लागलागी नियन्त्रणमा लिने प्रयास जारी छ ।
आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण दलकल, पानी बोक्ने ट्याँङकहरु प्रयोग गरिएका छन् । त्यतिले पनि नपुगेपछि छिमेकी जिल्ला कपिलबस्तुबाट दमकल आइ पुगेको छ । छिमेकी जिल्ला बाँकेबाट पनि दमकल मागिएको छ ।
जिल्लाका निमित्ति प्रहरी प्रमुख चक्रबहादुर शाहका अनुसार घोराही उपमहानगरपालिका–९ खैरास्थित साङग्रिला प्लाई उद्योगमा लागेको आगो बारे प्रहरीलाई राति २ बजेपछि मात्रै खबर भएको थियो । स्थानीयले भने राति १ बजेदेखि नै आगलागि सुरु भएको बताएका छन् ।
आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै स्थानीयपनि खटिएका छन् ।
आगोलागीबाट करोडौं क्षतिको अनुमान गरिएको छ ।
प्लाइ उद्योगमा भएको आगलागी र भएको क्षतिबारे तुलसीपुर उद्योगवाणिज्य संघले दुःख ब्यक्त गरेको छ ।आगो नियन्त्रणमा लिनका लागि सबै लाग्न अपिल पनि गरेको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले बिपदको समयमा सबैले हातेमालो गर्दै आगो नियन्त्रणमा लिनका लागि खटिन आग्रह गरे ।

