
तुलसीपुर, कार्तिक १३ ।
यातायात ब्यबस्था कार्यालय तुलसीपुरका कार्यबहाक प्रमुख ताराप्रशाद शर्माले ड्राइभिङ स्कूलहरुले अनुसाशित र दक्ष चालक उत्पादन गर्न अति जरुरी रहेको बताएका छन् ।
शुक्रबार तुलसीपुरस्थित होटेल वष्टर्न पार्टी प्यालेसमा अयोजित ड्राइभिङ स्कूल संघ नेपाल जिल्ला कार्यसमिति दाङको दोस्रो साधारण सभाका प्रमुख अतिथि शर्माले स्कुल संघहरुले दक्ष र अनुसाशित चालक उत्पादन गर्न सके मात्रै संभावित दुर्घटनाको जोखिम न्यूनिकरण हुने बताए ।
यातायता ब्यबस्था कार्यालयले बिहीबार लिएको सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षमा सहभागी एक सय जना मध्य आधा बढी अर्थात ५२ जना उत्तीर्ण हुन सफल हुनु ड्राइभिङ स्कुलहरुकै मेहनत भएको हुँदा भविश्यमा थप दक्ष चालक उत्पादन गर्न उनले आग्रह गरे ।
उनले आँफुहरुको चाहाना ट्रायल परीक्षा दिन आउने सबैले उत्तीर्ण गरुण र फेरि फेरी उनीहरु त्यसैका लागि दुःख नपाउन भन्ने चाहाना भएपनि त्यसो हुन नसक्नुमा अझैं ड्राइभिङ संघहरुले मेहनत गर्नुपर्ने आवश्यकता खड्किएको बताए ।
ड्राइभिङ स्कूल र यातायात ब्यस्था कार्यालयका बीचमा नङ र मासुको जस्तै सम्बन्ध रहने हुँदा आँफुहरु संधै सहयोगका लागि हातेमालो गर्न तयार हुने बताए । तर उनले त्यसका लागि स्कूल संघहरु अनिवार्य रुपमा यातायात कार्यालयहरुमा पनि दर्ता गर्न आग्रह गरे ।
त्यस्तै ड्राइभिङ स्कूल संघका केन्द्रीय सल्लाहकार लालचन्द्र बञ्जाडेले मुख्य उदेश्य दक्ष चालक उत्पादन गर्नु भएपनि त्यसको गलत प्रयोग वा दुरु पयोग गर्न नहुने सुझाए ।
साथै उनले
ड्राइभिङ सेन्टरहरुले आफ्नो फिल्डको उचित ब्यबस्थापन र पटक / पटक ट्राफिक शिक्षा लिन जरुरी रहेको बताए ।
ड्राइभिङ स्कूल संघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष ऋषिराज लहरे (अरुण) ले ब्यबसायिक एकतामा जोड दिदै ड्राइभिङ स्कूलहरुले आँफुलाई समयाअनुकुल परिमार्जित गर्दै उत्कृष्ट सीप प्रदान गरि दक्ष चालक उत्पादनमा जोड दिन सक्नु पर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई शुम्भु धितालले सानो लापरबाहीले जीवन बर्बाद हुन सक्ने भएको हुँदा संधै ट्राफिक नियमको पालन गर्न आग्रह गरे । ब्यबसायी गुरुप्रशाद गौतमले ब्यबसायिक एकतामा जोड दिए ।
ड्राइभिङ स्कूल संघ नेपाल जिल्लाका अध्यक्ष झग्गुप्रशाद बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष द्रोर्णबहादुर केसीको स्वागत मनतब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार उमा भण्डारीले गरेकी थिइन ।



