घोराही,चैत ११ । दाङको घोराही उपमहानगरपालिका-९ खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा गए राति भीषण आगलागी भएको छ।
प्रारम्भिक जानकारीअनुसार विद्युत सर्ट भई आगलागी भएको बताइएको छ।
आगलागीका कारण उद्योगमा रहेका प्लाई उत्पादनका लागि प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नष्ट भएका छन्।
राति करिब १:३० बजेबाट सुरु भएको आगलागी अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, तथा स्थानीयबासी आगो नियन्त्रणमा जुटिरहेका छन्।
घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल ल्याइए पनि आगो ठूलो भएकाले नियन्त्रण गर्न कठिन भइरहेको प्रहरीको भनाइ छ।
मानवीय क्षति नभए पनि आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। आगलागीका थप विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार