२०८३ कार्तिक २१ गते शुक्रवार

आइजिपी दानबहादुर कार्कीको रिट सर्बौच्चले दर्ता गर्‍यो

दाङ, कात्तिक २० ।


पदमा पुनर्बहालीको माग गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वौच्च अदालतले शुक्रबार दर्ता गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई बुधबार आइजिपी पदबाट हटाउँदै डा. मदन केसीलाई उक्त पदमा नियुक्त गरेको थियो । बुधबारको मन्त्रिपरिषद बैठकले आइजिपी कार्कीलाई पदबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
कार्कीले यो बीचमा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्ति लिएनन् बरु सरकारको निर्णयविरूद्ध सर्वौच्च अदालतमा रिट लिएर गएका थिए ।
सरकारी निर्णयको बिरोधमा अधिवक्ता टिकाध्वज कुवँरले कार्कीको तर्फबाट बिहीबार सर्वौच्चमा रिट निबेदन दिएका थिए ।

शुक्रबार दर्ता भएको आइजिपी कार्कीको तर्फ बाट पेश भएको निबेदनको पेसी कात्तिक ३० गतेका लागि तोकिएको छ ।
कार्कीको तर्फबाट पेश भएको रिटमा आँफुलाई आइजिपीबाट हटाउने सरकारको निर्णय संविधान, कानुन र सर्वौच्च अलदालतका नजिर विपरीत रहेको जिकिर गरिएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *