२०८३ कार्तिक १७ गते सोमवार

घोराहीका गोबिन्द खड्का झन्डै ७९ ग्राम ब्राउन सुगरसहित पक्राउ


तुलसीपुर , कार्तिक १६ ।


घोराही उपमहानगरपालिका – ९ मछाइका ३१ बर्षीय गोबिन्द खड्का ठूलो परिमानमा लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको टोलीले उनलाई घोराही – ८ शान्ति टोलबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनको साथबाट ७८ ग्राम ९०० मिलीग्राम ब्राउन सुगर र दुई लाख सात सय ७५ रुपैयाँ नगद बरामद भएको थियो ।
गोबिन्द बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा लागुऔषध ब्राउन सुगर सम्बन्धि मुद्दा यसअघि पनि दर्ता थियो । तर, उनी फरार प्रतिबादीको सूचिमा थिए ।
लागुऔषध मुद्दामा अनुसन्धान गर्न खड्का बिरुद्ध जिल्ला अदालतले सात दिनको म्याद थप गरेको जिल्ला प्रबक्ता डिएसपी हेमबहादुर केसीले बताए ।

प्रकाशित मिति : २०८३ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *