२०८२ बैशाख ७ गते शनिवार

४० घन्टापछि बल्ल नियन्त्रणमा आयो खैराको प्लाइ उद्योगमा लागेको आगो

तुलसीपुर , चैत १२ । ४० घण्टा पछि बल्ल खैरास्थित प्लाइ उद्योगमा लागेको आयो नियन्त्रणमा आएको छ ।


घोराही उपमहानगरपालिका – ९ खैरास्थित ‘साङग्रीला प्लाई उद्योग’मा सोमबार बिहान १ बजेतिर आगलागी भएको थियो ।
उद्योगमा बिद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ ।

सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो मंगलबार दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले बताए ।

सानो सानो धुँवाहरु आइ रहेको भएपनि आगो पूर्ण रुपमा नियन्त्रणमा आइ सकेको उनले बताए ।

आगो नियन्त्रणमा लिन जिल्लाका तीन वटा , कपिलबस्तु र बाँके जिललाबाट दूई / दूई वटा र बर्दियाबाट एउटा गरि आठ वटा दमकल प्रयोग गरिएका थिए ।

दर्जन बढी पानी ट्याँङकरणहरु पनि प्रयोग गरिएका थिए । आगोको चेन ब्रेक गर्न जेसिबीहरु पनि प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि झन्डै साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

उद्योग भित्र ठूलो मात्रामा प्लाइ बनाउनका लागि भण्डारण गरिएका कच्चा पदार्थ, अति प्रज्वलनशिल केमिकल र काठका कारण आगो नियन्त्रणमा लिन समय लागेको डिएसपी शाहले बताए ।

अग्नी नियन्त्रण सम्बन्धी आवश्यक दक्ष जनशक्ति र उपकरण उपलब्ध नहुनुले गर्दा पनि ठूलो क्षति बेहोर्नुपरेको सरोकारवालाहरु बताउँछन् । आगो नियन्त्रणमा आइ सकेको हुँदा अब क्षतिको विवरण संकलन सुरु हुने डिएसपी शाहले बताए ।


पश्चिम नेपालकै ठूलो मानिने यो उद्योग ७ बिगाहा बढी क्षेत्रफलमा फैलिएको थियो । जस्ले प्रत्येक दिन एक सय टन प्लाइ उत्पादन गर्ने गर्दथ्यो

। झन्डै साढे चार सय जतिले राजगारी पाएका थिए । उद्योगको उत्पादन सबै भन्दा बढी भारतमा बिक्री हुँदै आएको सञ्चालक गेहेन्द्र बस्नेतले बताए । आगलागी बाट करौंडौं क्षतिको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *