
तुलसीपुर , असोज २४ ।
राप्ती राजमार्ग अन्तगर्त अति ब्यस्त सडक क्षेत्र तुलसीपुरमा डिभाइडर राख्ने क्रम जारी छ ।
तुलसीपुरको गुम्ह्राराको उत्तर तर्फ तुलसीपुरको अर्कौ शैक्षिक संस्थाले २० वटा डिभाइडर स्थापना गरेको छ ।
तुलसीपुर – ६ गोलौरास्थित डिभाइन टेम्पल स्कुलले ५० हजार आर्थिक साहेता प्रदान गरेपछि त्यहाँ १० जोडी अर्थात २० थान डिभाइडरहरु स्थाना गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले जानकारी दिए ।
उनका अनुसार अझैं त्यो बीचमा डिभाइडरको अपुग छ । यसैगरि अझैं केही समाजिक संघ संस्थाले सहयोग गरेमा सडक सुरक्षित गराउन तथा दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने डिएसपी पराजुलीले बताए ।
बिद्यालयका संस्थापक तथा प्रिन्सिपल भोजराज न्यौंपानेले सामाजिक उत्तरदायित्व अन्र्गत बिद्यालयले आधा लाख बढी रकम उपलब्ध गराएको र त्यसवाट डिभाइडरहरु खरिद गरि स्थापना गर्न पाउँदा खुसी लागेको बताए ।
यस क्षेत्रमा केही समय पहिले लगालग दुःखद दुर्घटनाहरु भएपछि संचार माध्यमले त्यसक्षेत्रमा सडक सुरक्षा मापदण्ड बारे सवालहरु उठाएका थिए । त्यसपछि सुरुमा बिनिल केसी नेतृत्वको उद्योग वाणिज्य संघले ८३ हजार ४०० दिएको थियो । राप्ती बबई क्याम्पसकी छात्रासमेत दुर्घटनामा यही ठाउँमा बितेको हुँदा क्याम्पसले ६८ हजार ५०० उपलब्ध गराएको थियो । क्याम्पस संचालक समितिको कोषाध्यक्षपनि बिनिल नै भएको हुँदा क्याम्पसले उक्त रकम उपलब्ध गराएको थियो ।
त्यसपछि सुरेश हमाल नेतृत्वको राप्ती परोपकार संघ तुलसीपुरले ५० हजार रुपैयाँले डिभाइडर किनेर दिएको थियो । पछिल्लो समय ज्ञानज्योति फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर जिसीले १५० डिभाइडर खरिद गर्न आवश्यक २ लाख प्रदान गरेका थिए ।
यो स्कुल परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई भन्डै ४० हजार हारीहारीको एउटा नाइट भिजन सिटी टिभी क्यामेरापनि खरिद गरि हालसालै प्रदान गरेको डिएसपी होमबहादुर पराजुलीले जानकारी दिए ।
स्कुल परिवारले प्रदान गरेका डिभाइडरहरु तुलसीपुरको बाहिनी चोकदेखि मदन आश्रित चोकसम्म स्थापना गरिएका छन ।
