२०८३ कार्तिक १४ गते शुक्रवार

सर्वसम्मत नेतृत्व चयनका लागि कार्यदल गठन

बिजौरी,कात्तिक १३ । बिजौरी उद्योग बाणिज्य संघको सहमती र सहकार्यबाट नयाँ नेतृत्व चयन गर्नका लागि कार्यदल गठन गरिएको छ ।

शुक्रबार संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको बृहत् छलफलले संघलाई साझा बनाउने सवालमा गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको छ ।

सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका लागि संघका निबर्तमान अध्यक्ष प्रेमनाथ योगीको संयोजकत्वमा १० सदस्यीय कार्यदल गरिएको छ ।

जसको सदस्यहरुमा बर्तमान अध्यक्ष रेश्मीराज खडका ,सस्थापक अध्यक्ष गिरिराज केसी,सस्थापक उपाध्यक्ष पुस्पा कुमारी डागी,पुर्व अध्यक्षहरु कमानसिङ खडका,मुक्त बहादुर वलि (मुकेश ) ,नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिदुर गौतम, रासपा दाङ २ का संयोजक रबिन्द्र बुढाथोकी,नेकपा तुलसीपुर १९ का अध्यक्ष दुर्गा बिक,नेकपा तुलसीपुर १९ का अध्यक्ष लोक बहादुर रोका रहेका छन ।

त्यस अवसरमा बिजौरी उद्योग बाणिज्य संघका सल्लाहकार अमर खडकाले संघको विधि र बिधानमा रहेर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

गत असार महिनामा भएको संघको छैठौं अधिबेशन तथा १३ औं साधारणसभाबाट नंया नेतृत्व चयन हुन नसक्दा सस्थाका कामहरू अगाडि बढन नसकेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *