२०८३ कार्तिक २० गते बिहिवार

लुम्बिनीको अपराजित यात्रा – हरायो जनकपुर बोल्ट्सलाई


दाङ, कात्तिक १९ ।

लुम्बिनी लायन्सले बिहीबारको खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अपराजित यात्रा जारी राखेको लुम्बिनीले बिहीबारको खेलमा जनकपुरलाई १६ रनले पराजित गरेको हो । लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ ।
लुम्बिनीले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमात्रै जोड्न सकेको थियो ।
खेलमा जनकपुरका लागि हरमित सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले २/२ बिकेट लिएका थिए भने हरमित सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १/१ विकेट लिन सफल भएका थिए ।

बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले समान २/२ विकेट लिएका थिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोडेको थियो ।
जस्मा रोहित पौडेलले ३४ रनको योगदान गरे । त्यस्तै निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ , आसिफ शेखले २१ , रुबेन ट्रम्पलमनले १५ र शमिम हुसेनले १३ रन जोडेका थिए ।
हालसम्म अपराजित यात्रा कायमै राखेको लुम्बिनी ७ अंकसहित लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा छ । जनकपुर ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

लुम्बिनी गत सिजनको बिजेता हो ।

प्रकाशित मिति : २०८३ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *